बागलुङका स्वास्थ्यकर्मी सहित ४६ जनाको रिपोर्ट नेगेटिभ

आदर्श अनलाइन, बागलुङ
धौलागिरी अस्पताल बागलुङका स्वास्थ्यकर्मी सहित ४६ जनामा कोरोना नभएको पुष्टि भएको छ ।

संक्रमितको उपचारमा खटिएका अस्पतालका ४३ स्वास्थ्यकर्मी र बागलुङ नगरपालिकाले निर्माण गरेको रामरेखा क्वारेन्टाइनमा रहेका ३ जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो ।

उनीहरुको स्वाब परीक्षणको लागि शुक्रबार पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा पाइएको थियो ।

अस्पतालमा बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुलेकी १९ वर्षीया युवती र वडा नम्बर ३ की ६५ वर्षीया बृद्धाको संक्रमण पुष्टि भएपछि उपचार गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *