पश्चिम बागलुङका ४ पालिका आजबाट सिल

बागलुङ
पश्चिम बागलुङका ४ पालिका आजबाट सिल भएका छन् ।

ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, निसिखोला गाँउपालिका र तमानखोला गाउँपालिका आजदेखि जेठ २० गतेसम्मका लागि सिल गरिएको हो ।

४ वटै पालिकाका प्रमुख, उपप्रमुख, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको शनिबार बसेको बैठकले आगामी २० गतेसम्म सिल गर्ने निर्णय अनुसार आजबाट सिल गरिएको हो ।

बैठकले ४ वटै पालिकाका मुख्य सिमा नाकाहरु बन्द गर्ने, सञ्चालनमा रहेका खाद्यान्न पसलहरु पनि २० गतेसम्मलाई बन्द गर्ने, निर्माण सामग्री, एम्बुलेन्स र बिरामी बोक्ने गाडी बाहेक अन्य सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

यसैबबिच ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालिले नगरबासीहरुलाई लकडाउन र सिलको अनुशासित रुपमा पालना गरि सचेत र संयमित रहने तर भयवित नहुन आग्रह गरेका छन् ।

इलाका प्रहरी कार्यलय बुरतिबाङका प्रमुख प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले यस अवधिमा थप कडाई गरिने बताए । उनले प्रहरीको आँखा छलेर खोलामा माछा मार्ने, मर्निङ वाक जाने र बिना काम यत्रतत्र हिडडुल गर्नेलाई कडा कारवाही गर्ने भन्दै आम नागरिक आफ्नै सुरक्षाको लागि हो भन्ने हिसाब सचेत हुन जरुरी रहेको बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *