निर्माण सामग्री बोकेको सवारीलाई दुख दिएको गुनासो

–आदर्श अनलाईन, बागलुङ

सरकारले कोरोना संक्रमणको अवस्था हेरेर निर्माणका कार्य गर्न भनेपनि बागलुङमा निर्माण गर्न समस्या भएको बागलुङका निर्माण व्यवसायीहरुले गुुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयले निर्माण भित्राउन सामाग्री बागलुङे क्रममा अनावश्यक रुपमा दुख दिएको निर्माण व्यवसायी विप्लव हमालले जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि निर्माण सामग्री बोकेर बागलुङ भित्रिदै गरेका ट्रिपरहरुलाई सोधपुछका नाममा अनावश्यक दुख दिएको हमालले जानकारी दिनुभयो । हमालले मालढुङ्गामा सोधपुछका नाममा ११ घण्टासम्म आफ्नो ट्रिपरलाई मालढुङ्गामा राखेको गुनासो गर्नुभयो ।

राज्यले विकास निर्माणलाई अगाडि बढाउन निर्देशन दिएपनि जिल्ला प्रशासनले अनावश्यक कानून निर्माण गरेर निर्माण सामाग्री ढुवानी गराउने नाममा अनावश्यक दुख दिन नपाउने अधिकारकर्मी राम शर्माले बताउनुभयो । सामान सोधपुछका नाममा दिनभर चेकपोष्टमा निर्माण सामग्री राख्दा विकास निर्माण प्रभावित हुनेभएकाले जिल्ला प्रशासनले सहजजिकरण गर्नुपर्ने शर्माको भनाई रहेको छ ।

निर्माण सामग्री बोकेको सवारीलाई कुनै रोकतोक नभएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिनुभयो । “हामीले सोधपुछ गर्नै पर्छ, आवश्यक कागजात पु¥याउन पर्छ पासका नममा निर्माण सामग्री रोकिदैन, ढुक्क भएर विकास निर्माणका लागि सामाग्री बोक्न पाइन्छ ।” शैजुले भन्नुभयो । चेक पोष्टमा बसेको प्रहरीले आवश्यक सोध पुछ गर्न पाइन्छ व्यवसायीले झन्झट मान्न नहुँने शैजुको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *