विद्यार्थीको हातहातमा पुगे लकडाउन उपयोगी पुस्तक

आदर्श अनलाइन, बागलुङ
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)का कारण नेपालमा चैत्र ११ गतेदेखि बन्दाबन्दी हुँदा विद्यालयमा पठनपाठन ठप्प भएको छ । बन्दाबन्दी थपिदै जादा विद्यार्थीहरुलाई अध्ययनमा समस्या भएको भन्दै बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले लकडाउन उपयोगी पुस्तक विद्यार्थीको हात–हातमा पु¥याएको छ ।

तत्कालै विद्यालय खुल्ने अवस्था नआएकाले घरमै अभिभावकको सहयोगमा अध्ययन गर्न मिल्ने पुस्तक विद्यार्थीको हातमा पु¥याइएको काठेखोला गाउँपालिकाले जनाएको छ ।

बन्दाबन्दीको समयमा विद्यार्थीलाई घरमै अध्ययन गर्न मिल्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वालविकास देखि कक्षा तीन सम्म विद्यार्थीलाई लक्षित गरी तयार गरेको पुस्तक काठेखोला गाउँपालिकाले खरिद गरेर विद्यार्थीको हातहातमा पु¥याएको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

कोरोना कहरमा उक्त पुस्तकले साना विद्यार्थीलाई अभिभावकको सहयोगले घरमै स्वअध्ययन गर्न सकिने काठेखोला गाउँपालिकाको शिक्षा अधिकृत उमा उचैले जानकारी दिनुभयो । “बन्दाबन्दीको समयमा विद्यालय जाने अवस्था छैन, शैक्षिक क्रियाकलाप ठप्प छ” उचैले भन्नुभयो “पुस्तकले घरमा बसेको समयलाई निकै उपयोगी गराउनेछ, जसका लागि अभिभावकले सहयोग गर्नुपर्दछ ।” केन्द्रले उत्पादन गरेको ‘अभिभावको सहयोगमा बालबालिकालाई घरमा नै गराउन सकिने शैक्षिक क्रियाकलापहरु’ नामक पुस्तक गाउँपालिकाका बालविकास देखि कक्षा तीन सम्मका एक हजार १११ जना विद्यार्थीलाई वितरण गरिएको हो । गाउँपलिकाले एक हजार १११ विद्यार्थीमध्ये अधिकांश विद्यार्थीको हात हातमा पुस्तक पु¥याएको र केही विद्यालयका विद्यार्थीको पुस्तक सम्बन्धीत वडामा पु¥याएको छ ।

काठेखोला गाउँपालिकाले बन्दाबन्दीका कारण ठप्प भएका ५६ सामुदायिक विद्यालय र ४२ वटा बाल विकास केन्द्रमा रहेका ३ कक्षा सम्मका बाल बालिकाका लागि घरमा बसेर अध्ययन गर्नमिल्ने पुस्तक वितरण गरिएकाले बालबालिकाका अभिभावकले अध्यापनमा सहयोग पु¥याउन गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाले करिब रु. चार लाख ९० हजारको लागतमा बन्दाबन्दीको समयमा घरमै अध्ययन गर्न मिल्ने उपयोगी उक्त पाठ्पुस्तक खरिद गरी वितराण गरिएको शिक्षा अधिकृत उचैले बताउनुभयो । पुस्तकमा कोरोना भाईरसका विषयमा समेत सचेतनामूलक विषयवस्तु समावेश गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *