गलकोटमा आगलागी हुँदा एक घर जलेर नष्ट

आदर्श अनलाइन, बागलुङ

गलकोटमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

गलकोट नगरपालिका वडा नम्बर २ को जस्पुरका ६७ वर्षीय बल बहादुर खत्रीको घरमा आगोलागी भएको हो ।

आगोलागीबाट घर पर्ण रुपमा जलेर नष्ट भएको प्रहरी चौकी नरेठाँटीले जनाएको छ । राईस कुकरमा खाना पकाउने क्रममा विद्युत सर्ट भएर आगोलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब २ लाख बराबरको क्षती भएको प्रहरी चौकी नरेठाटिँका प्रमुख प्रहरी सहायक निरक्षक विष्णु मोत्तानले जानकारी दिनुभयो ।

आगो प्रहरी र स्थानीयको सक्रियतामा १ घण्टापछि नियन्त्रणमा आएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *