बन्दाबन्दीमा धमाधम पर्यटकीय पदमार्ग निर्माण

आदर्श अनलाईन, बागलुङ

बन्दाबन्दीको समयमा बागलुङ जिल्लाका काठेखोला गाउँपलिकामा पर्यटकीय पदमार्गले तिव्रता पाएको छ । काठेखोला गाउँपालिकाको घोडाबाँधे देखि गलकोट नगरपालिकाको पर्यटकीय स्थल घुम्टे पुग्ने पदमार्गको काम लकडाउनमै धमाधम निर्माण भइरहेको छ ।

अहिले बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ रिजालचोक हुँदै घोडाबाधे सम्म पक्की पदमार्ग निर्माण भइरहेको छ । बन्दाबन्दकिो सयमा सामाजिक दुरी कायम राखी पदमार्ग निर्माणमा तिब्रता दिएको घोडाबाँधे घुम्टे पर्यटकीय पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष रामु रिजालले जानकारी दिनुभयो ।

लकडाउनमा खाली रहेको समयमा स्थानीय युवाहरुले रोजगारी समेत पाएकाछन् । नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो आर्थिक वर्ष २०७६/०७७ मा विनियोजन गरेको रु. १० लाखको लागतमा पदमार्ग निर्माण भइरहेको छ । पर्यटकीय पदमार्ग बागलुङ जिल्लाको रणनीतिक नाका रिजालचोक नजिकै रहेको ठिन्केरीबाट कालिलेख हुँदै समग्र गलकोट क्षेत्र (गलकोट नगरपालिका र ताराखोला गाउँपालिका) मा रहेका पर्यटकीय गन्तव्यहरुमा जान सकिनेछ । पदमार्ग निर्माणले लकडाउनको समयमा स्थानीय युवाहरुलाई रोजगारसमेत पाएका हुन् । लकडाउनमा घरमै बसेका चिन्तामणी बिकले पदमार्ग निर्माण कार्यमा रोजगारी पाउदा निकै खुसी लागेको बताउनुभयो ।

बागलुङमा पछिल्लो समय पर्यटकीय पूर्वाधार निर्माणले तिव्रता पाएको छ । नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष बागलुङमा पर्यटकीय पूर्वाधार निर्माण गर्नका लागि रु. पाँच करोड बजेट विनियोजन गरेको थियो ।

अहिले पदमार्गमा दैनिक ६० जना महिला तथा पुरुषले सामाजिक दूरी कायम राखी धमाधम काम गर्दै आएका छन् । यो वर्ष २७० मिटर लामो पक्की पदमार्ग र थप १०० मिटर ढुंगाको पदमार्ग गरी जम्मा ३७० मिटर लामो पदमार्ग निर्माण हुने अध्यक्ष रिजालले जानकारी दिनुभयो । आगामी एक महिनाभित्र यो आर्थिक वर्षको पदमार्ग निर्माण कार्य सम्पन्न हुनेछ । पदमार्गले बागलुङमा आझेलमा परेका चारवटा पर्यटकीय गन्तव्यहरु शिबधुरी, कालिलेख, मोतीमारे (माजखर्क) र झुलेनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा प्रत्येक्ष प्रभाव पर्नेछ भने समग्र बागलुङ जिल्लाको पर्यटन प्रवद्र्धनमा यो पैदलमार्गले दुरगामी प्रभाव पार्नेछ ।

यस क्षेत्र नजिकै झुलेनी क्षेत्र, लटेखोरिया क्षेत्र, त्रिपुरेश्वर महादेव मन्दिर र यस क्षेत्र नजिकै रहेको पर्यटकीय क्षेत्र मोतीमारे (माजखर्क) देखि कालिलेखसम्म पनि पैदल मार्ग एवं पार्कहरुको निर्माणको काम अगाडि बढेका कारण पर्यटकहरुलाई आर्कषित गर्ने ठूलो संभावना रहको धौलागिरी पर्यटन विकास समितका संयोजक तथा सामाजिक अभियन्ता ई. खिमानन्द कँडेलले जानकारी दिनुभयो ।

“पर्यटकीय पदमार्गले बागलुङमा ट्रेकिङ गर्न रुचाउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आर्कषित गर्नेछ” कंडेलले भन्नुभयो “पर्यटकीय पदमार्गले काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाका पर्यटकीयस्थलहरुलाई जोड्न मद्दत पु¥याउनेछ ।”

पछिल्लो समय बागलुङका ग्रामीण क्षेत्रममा पर्यटन पूर्वाधारहरुको निर्माणले तिब्रता पाउदा बागलुङ जिल्लाको पर्यटन क्षेत्रले फड्को मार्नेमा यहाँका पर्यटन व्यवसायीहरुले विश्वास लिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *