ढोरपाटनको कुदुम खोलामा महिला मृत फेला

आदर्श अनलाईन, बागलुङ ।
बागलुङको ढोरपाटन नगरपालिका–६ ओखेनीको कुदुमखोलामा एक महिलाको शव भेटिएको छ ।

शनिबार दिउसो ३ बजेको समयमा सोही ठाउँका खुम बहादुर विककी ४५ वर्षीया श्रीमती मायादेवि विकको शव कुदुमखोलाको विचभागमा भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक सुरझ खड्काले जानकारी दिनुभयो ।

असोज १ गते घरबाट हराएकी मायादेविको परिवार र आफ्न्तले खोजी गरिरहेको भएपनि शनिबार घरदेखि आदा घण्टाको दुरीमा पर्ने खोलामा शव भेटिएको प्रहरीले जनाएको छ । स्थानियको सूचनाको आधारमा हामिहरु अहिले घटना स्थलमा जाँदै छौं, खड्काले भन्नुभयो–‘शवको प्रकृति हेरी मुचुल्का उठाएर मृतकको शव पोस्मार्टमको लागि पठाउँछौं, घटनाको विस्तृत विवरण अनुसन्धान पछि थाहा हुनेछ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *