भारतबाट आएका १३ जनाको रिपाेर्ट नेगेटिभ

डम्मर बुढा मगर, बागलुङ
भारतबाट आएका बागलुङका १३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

काठेखोला गाउँपालिकाका ३ जना र ताराखोला गाउँपालिकाका १० जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

सोमबार १ सय ६ जनाको स्वास्ब परीक्षणको लागि पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको १३ जनाको रिपोर्ट आएको हो । अन्यको आज साँझसम्म वा भोलीसम्म आउने गुरौको भनाई छ ।

स्वाब परीक्षणका लागि हिजो ४० जना स्वास्थ्यकर्मी, ५ जना पत्रकार र अन्य जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेका नागरिकहरुको गरि १०६ जनाको स्वाब पठाइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *