बागलुङको तमान र बडिगाडका ६ जनामा कोरोना संक्रमण पुष्टि

फाइल तस्बिरः बागलुङ बडिगाडमा स्वाब संकलनका क्रममा स्वास्थ्यकर्मी ।

आदर्श अनलाइन,बागलुङ

नेपालको पाँचौ र छैठौ कोरोना संक्रमित पुष्टि भएर निको भए सँगै राहत महुशुस गरिएको बागलुङमा फेरी ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा जिल्लाको तमानखोला गाउँपालिकाको धनगौ ज्योति मावि क्वारेन्टिनमा रहेका ४ जना र बडिगाड गाउँपालिकाको त्रिभुवन मावि क्वारेन्टिनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यद्यपी, यसबारेको आधिकारिक जानकारीका लागि दिउँसोको पत्रकार सम्मेलन पर्खन निर्देशन आएको जिल्ला स्वास्थ्य र धौलागिरी अस्पतालका प्रमुख बताउँछन् ।

संक्रमण देखिएका सबै भारतबाट उद्धार गरिएका हुन् । तमानखोलामा ८ जनाको समूहमा आएकाको स्वाब संकलन गरिएकोमा चार जनामा संक्रमण देखिएको जानकारी आएको र उनीहरुलाई धौलागिरी अस्पताल पठाउने तयारी भइरहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले आदर्श अनलाइनलाई जानकारी दिए । बडिगाड गाउँपालिकामा पनि भारतबाट आइ क्वारेन्टिन बसेका ८ जनाको स्वाब संकलन गरेकोमा दुई जनामा कोरोना संक्रमण देखिएको जानकारी आएकाले उनीहरुलाई अस्पताल पठाउने तयारीमा लागेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए ।

चैत्र दोस्रो साता बागलुङमा बागलुङ नगरपालिका ४ कि १९ बर्षीय अशुं सापकोटा र ३ कि ६५ बर्षीया मनकुमारी शर्मालाई कोरोना संक्रमण भएको थियो । उनीहरु दुवै जना निको भएर घर फर्किसकेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *