तथ्यहीन समाचार प्रति बरेङ गाउँपालिकाको आपत्ति, भारतबाट आएका ३० जना क्वारेन्टाइनमा

बागलुङ
सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा गाउँपालिकाको बारेमा आएका तथ्यहीन समाचार प्रकाशन र प्रशारण भएको प्रति बरेङ गाउँपालिकाले आपत्ति जनाएको छ ।

गाउँपालिकाले बुधबार विज्ञप्ती जारी गर्दै गाउँपालिकाले कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी विविध निर्णय र कार्ययोजनाको विषयलाई लिएर विभिन्न व्यक्ति तथा सञ्चार माध्यमहरुले काल्पनिक भनाई तथा तथ्यभन्दा बाहिरका समाचारहरु सम्प्रेषण भएको भन्र्दै आपत्ति जनाएको हो ।

भारतबाट बरेङ गाउँपालिका भित्रिने नागरिकको उद्धार र क्वारेन्टाईन व्यवस्थापनसँग जोडेर सामाजिक संजालमा गाउँपालिका अध्यक्ष, वडा अध्यक्षबाट गैर जिम्मेवार कार्य गरेको भनि व्यक्त भएका समाचार एवम् अनर्गल प्रचारप्रति यस सिङगो गाउँपालिका परिवार दुःख व्यक्त गर्दछ भनि विज्ञाप्तीमा उल्लेख गरेको छ ।

गाउँपालिकालका प्रवक्ता नरबहादुर विकद्वारा हस्ताक्षरित विज्ञप्तीमा यस्ता कार्यबाट कोरोना रोगको नियन्त्रणमा अहोरात्र खटिने स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, शिक्षक, जनप्रतिनिधि तथा आम रुपमा सम्पूर्ण समुदाय तथा नागरिकहरुमा गम्भीर असर उल्लेख छ ।

सामाजिक एकता र भातृत्वमा समेत खलल पर्न जाने सम्भावना उत्तिकै रहेकाले यस प्रकारको संकटपूर्ण अवस्थामा सामाजिक संजालको प्रयोग गर्दा ध्यान पुर्याउनु गाउँपालिकाले अनुरोध गरेको छ ।

गाउँपालिकाले विज्ञप्ती मार्फत सुनौली नाका हुँदै भारतबाट आएका ३० जना नागरिकको उद्धार गरी क्वारेन्टाइनमा राखेको जानकारी गराएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *