छ संक्रमित धौलागिरी अस्पतालको आइशाेलेसनमा

आदर्श अनलाईन, बागलुङ

भारतबाट आएर क्वारेन्टिनमा बसेका बागलुङका छ जना संक्रमितलाई बागलुङ जिल्ला सदरमुकाम स्थित धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

नेपालको पाँचौ र छैठौ कोरोना संक्रमित पुष्टि भएर निको भए सँगै राहत महुशुस गरिएको बागलुङमा फेरी बुधबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै पुन जोखिम बढ्दै गएको छ । जिल्ला सदरमुकाम देखि झण्डै १०० किलोमिटर टाढाको दुरीमा रहेको तमानखोला गाउँपािलकाको क्वारेन्टिनमा रहेका चार जना र ७५ किलोमिटर टाढा रहेको बागलुङ जिल्लाको बडिगाड गाउँपािलकाको क्वारेन्टिनमा बुधबार बिहान कोरोना पुष्टी भएकालाई साँझमात्रै धौलागिरी अस्पतालको आइसोलेसन वाडमा भर्ना गरिएको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेण्ट डा. शैलेन्द्र बि. पोखरेलले जानकारी दिनुभयो ।

पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा जिल्लाको तमानखोला गाउँपालिकाको धनगौ ज्योति मावि क्वारेन्टिनमा रहेका ४ जना र बडिगाड गाउँपालिकाको त्रिभुवन मावि क्वारेन्टिनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टिभएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको थियो । छ जना संक्रमितलाई छुट्टा छुट्टै सुविधा सम्पन्न आइसोलेशनमा भर्ना गरिएको डा. पोखरेलको भनाई रहेको छ । “हाम्रोमा छ वटै आइसोलेसन वार्डमा शौचालय तथा स्नानघर जोडिएकोछ” पोखरेलले भन्नुभयो “दुईजना संक्रमित निको गराएको अस्पताल संग अनुभव समेत छ, संक्रमितलाई कुनै कुराको अभावन हुँन दिन्नौं ।”

तमानखोला गाउँपालिकामा ८ जनाको समूहमा आएकाको स्वाब संकलन गरिएकोमा चार जनामा संक्रमण पुष्टी भएको छ भने बडिगाड गाउँपालिकामा पनि भारतबाट आइ क्वारेन्टिन बसेका ८ जनाको स्वाब संकलन गरेकोमा दुई जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

जिल्ला सदरमुकाम देखि टाढा रहेको तमानखोलाका चार र बडिगाडमा रहेका २ संक्रमितलाई दुईवटा एम्बुलेन्स मार्फत बागलुङ जिल्ला सदरमुकाम ल्याइएको थियो । भिमगिठे प्रवासी क्रियाशिल समूहको एम्बुलेन्समा तमानखोलाका चार संक्रमित र बडिगाड आमा समूहको एम्वुलेन्समा बडिगाडका २ संक्रमितलाई बागलुङ स्थित धौलागिरी अस्पताल बागलुङमा आइसोलेसनका लागि ल्याइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *