प्रविधिको प्रयोग गरेर नयाँ कुरा सिकाऔं

कोरोनाका कारण देश लकडाउनमा छ । लकडाउनले दुई महिनादेखि शहर बजारमा बालबालिका घर भित्रै कैद छन् । नयाँ शैक्षिक सत्र सँगै खेल्दै सिक्दै रमाउने मन्टेश्वरी स्कुलहरु पनि अहिले सुनसान छन् । घर भित्र उकुस मुकुस अवस्थामा रहेका बालबालिकालाई कसरी सिर्जनशिल बनाउन सकिन्छ ? या कसरी राम्रो कुरा सिकाउन सकिन्छ ? धौलागिरी जागरणकर्मी साधना पन्तले मन्टेश्वरी स्कुलका सञ्चालक/प्रिन्सिपल/प्रशिक्षकसँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अशंः

राजनप्रसाद शर्मा
प्रिन्सिपल
प्रिसियस मन्टेश्वरी, बागलुङ

मानव भएर जन्मिए पछि मानव जातिलाई आवश्यक पर्ने सवै खालका सिप कौशलहरु सिक्न जरुरी हुन्छ । बच्चाहरुको पहिलो पाठशाला भनेको घर हो । त्यसकारणले हामीले बच्चाहरुलाई साना–साना कामहरु सिकाउन सकिन्छ । जस्तैः हामीहरु दैनिक घरमा खाना बनाउने बेलामा बच्चाहरुलाई रोटी पकाउनका लागि पिठो माड्दा बच्चालाई पनि दिने, तरकारी केलाउदा उनीहरुलाई दिने, भाँडा माझ्दा भाँडा माझ्न नदिने यी साना कुराले बच्चाहरुलाई धेरै ज्ञान दिन्छ । अहिले लकडाउनमा बाहिर निस्कन नमिले पनि घरमै सम्भव हुने खेलहरु बच्चाहरु सँग खेल्न सकिन्छ । पेन्टिङ गर्ने रंगहरु सँग खेल्न दिने बच्चाहरुलाई, माटोका भाँडा बनाउन दिने, बच्चाहरुलाई कथा सुनाउने यी कुराले बच्चाको ज्ञान वृद्धि हुन्छ ।

हामीहरुले हाम्रो मन्टेश्वरी तहका बच्चालाई अनलाइन कक्षा सञ्चालन गर्ने कि भन्ने सोचेका छौ । तर बागलुङमा विद्युत र इन्टरनेटको धेरै समस्या छ । त्यसकारण अन्यौलमा रहेका छौ । बच्चाहरुलाई अनलाइनबाटै मनोरञ्जन गर्ने केही कुराहरु सिकाउने हाम्रो प्रयास हो । तर समस्या विद्युत इन्टरनेटको रहेको छ । यो समयमा प्रविधिको प्रयोग गरेर पनि बच्चाहरुलाई सिकाउन सकिन्छ । बच्चाहरु सँग सँगै रहने यो समयमा इन्टरनेटको माध्यमबाट हो । तर त्यो पनि सम्भव रहेको छैन ।

अजुर्न खत्री
प्रिन्सिपल
ममता बाल पाठशाला, बागलुङ

अहिलेको यो अवस्थालाई मेरो हिसाबमा भन्ने हो भने त यो एउटा अवसर हो । हाम्रो सरकारले चाहने हो भने धेरै कुरा गर्न सकिन्छ तर सरकारले त्यती चासो लिएको पाएको छैन । हामीहरुले यो समयमा शिक्षाको क्षेत्रमा मोर्डन एजुकेशनलाई अगाडी बढाउन सकिन्छ । यो अवस्थाको सहि सदुपयोग गर्न सकिन्छ । हामीहरुले प्रविधिको प्रयोग गरी बच्चाहरुलाई घरमै पेन्टिङ गर्न सिकाउन सकिन्छ । माटाका भाँडाकुडा बनाउन सक्निछ । बच्चाहरुलाई हामीहरुले कम्प्युटरको धेरै थोरै ज्ञान दिन सकिन्छ । त्यसकारणले हामीहरुले आफ्ना बच्चाहरुलाई खोजमुलक बनाउनु पर्दछ । बच्चालाई सधै खुशी केबाट मिल्छ ? त्यस कुरामा ध्यान दिनुपर्दछ ।

हाम्रो समाजमा सधै आफ्नो छोराछोरी ३,४ वर्षका भए पछि स्कुल पठाउने पढ्नका लागि भन्ने सोच्छौ । तर, त्यो बच्चाका लागि गलत हो । हाम्रा बच्चालाई के सिकाउने भन्नेनै अभिभावकलाई थाहा छैन । आफ्नो बच्चालाई मन्टेश्वरीमा पठाउदा अभिभावकले मेरो बच्चाले अब सबै पढ्न जान्दछ भन्ने सोच राख्नु हुन्छ । त्यो सोच राख्नु गलत हो । मन्टेश्वरीमा बच्चाहरु पढ्न होइन सिक्न जाने हुन् ।

उनीहरुलाई धेरै कुराहरु हामीहरु सिकाउछौ । उनीहरुलाई खुशी बनाउन्छौ । पेन्टिङ, सुईमिङ, डान्स जस्ता अन्य अतिरिक्त कृयाकलापहरु सिकाउने हो । यसको मतलब यो होइन की हामीहरुले बच्चालाई क, ख, ग,ए, बि, सि र १,२,३ पढाउदैन । हामीहरु बच्चालाई किताबी ज्ञान पनि दिन्छौ तर बच्चालाई कुन समयमा, के पढाउने सिकाउने भन्ने थाह पाउन जरुरी र बच्चाहरुलाई खुशी बनाउनु पर्दछ ।

मैले बागलुङ नगरपालिकाको शिक्षा शाखाका मानिसहरुसँग पनि कुराकानी गरेर यो विषम परिवेशमा केहि शिक्षाको क्षेत्रमा विकल्प निकाल्न सकिन्छ कि भनेर कुराकानी गरेको थिए । तर, उहाँहरुले यो अवस्थामा पहिला बाँच्ने भन्ने कुरा छ भनेर कुरा राख्नु भयो ।

हाम्रो मन्टेश्वरीलेनै विद्यार्थीहरुको घर–घरमा बच्चाका लागि सामाग्रीहरु पु¥याउने र उनीहरुलाई अभिभावकले गर्न लगाएर फेरी लिने कि भन्ने सोचेका थियौ । यो पनि सहज र सम्भव लागेन । अरु कुरा पनि सम्भव नभएका कारणले अभिभावकहरु सँग कुराकानी गरिरहेका छौ । अबको समयमा हामीहरुले फरक ढंगले शिक्षालाई अगाडी बढाउन सकिन्छ । हामीहरुले मन्टेश्वरी तहका विद्यार्थीहरुलाई स्वतन्त्र रुपमा छोड्नु पर्दछ । उनीहरुको दिमागलाई स्वतन्त्र हुन दिनुपर्दछ । बच्चाहरुलाई किताब पढ, गृहकार्य गर भनेर भन्नु हुदैन । उनीहरुको जे कुरामा बढि रुची छ, त्यो गर्न दिनुपर्दछ । हामीहरुले आफ्ना बच्चालाई धेरै मोबाइल चलाउन दिनुहुदैन । उनीहरुले सानो उमेरबाटै धेरै मोबाईलको प्रयोग गर्दा भोली स्वास्थ्यमा ठूलो समस्या आउन सक्दछ । त्यसकारण जति सकिन्छ, आफ्ना बच्चाहरुलाई अतिरिक्त क्रियाकलाप गराउने काम गर्नु पर्दछ ।

साना बच्चाहरुका लागि यो बेलामा जति सकिन्छ । फरक–फरक रंगहरु दिने चित्र बनाउन लगाउने हो भने बच्चाहरु धेरै खुशी हुन्छन् । हामीहरुले बच्चालाई हिलो खेल्न दिदैनौ । किनकी बच्च फोहोर हुन्छन् भन्ने हाम्रो सोच छ । बच्चलाई माटोबाट धेरै कुरा बनाउन सकिन्छ भनेर सिकाउने माटोका भाडाहरु बनाउन सिकाउने भने पनि उनीहरुको ज्ञान वृद्धि हुन्छ । यस्ता क्रियाकलापहरु सानैबाट सिकेपछि बच्चाहरु ठूला भएपछि धेरै क्षमतावान हुन्छन् । हामीहरुले साना बालबालिकाको दिमाग तिख्खर बनाउन प्रयास गर्नु पर्दछ । हामीहरुमा धेरै विकल्प छन् तर हामी एकजुट हुनुपर्दछ । ठूला कक्षाका विद्यार्थीहरुका लागि बागलुङका सवै विद्यालय एक भएर हरेक विषयगत पाठ्यक्रमहरु हामीहरुले टेलिभिजनबाट प्रसारण गर्न सकिन्छ । तर, विद्यालयहरु एकजुट हुन गाह्रो रहेछ । उहाँहरुमै एकआपसमा प्रतिस्पर्धा मनमुटाबले गर्दा यी काम गर्न पनि सम्भव नभएको हो ।

साना बच्चाहरुको लागी काम गर्दा सम्वेदनशिल भएर काम गर्नुपर्ने हुन्छ । उनीहरु धेरै संवेदनशिल हुन्छन् । उनीहरुलाई के सिकाउने ? कुनबाट लाने भन्ने शिक्षक र अभिभावकको हातमा हुन्छ त्यसकारणले हामीहरुले धेरै बुझेर पढेर सिकेर काम गर्नु पर्ने हुन्छ । अभिभावकहरु पनि मेरो बच्चालाई के गर्दा राम्रो हुन्छ भनेर के–के सिकाउने पढाउने भन्ने कुरामा ध्यान दिनुपर्दछ । अभिभावकहरुलाई परामर्श गरेर हामीहरु यो समयमा बाल बच्चालाई घरमै के गर्ने सम्झाएका छौ ।

गुराँस विद्या सदन
राधा पुन
मन्टेश्वरी प्रशिक्षक
मलाई जहाँ सम्म लाग्छ यो लकडाउनले गर्दा हाम्रा बच्चाहरु आफ्ना अभिभावकहरु सँग नजिक हुने मौका पाएका छन् । सधंै आफ्ना बच्चाहरुलाई पढ्न पठाएर आफु काममा जाने अनि साँझ विहान घरको काममा व्यस्त हुने अभिभावकहरु अहिले लकडाउनले गर्दा २४ सै घण्टा आफ्ना बाल बच्चाहरुसँग रमाउने, खेल्ने, बच्चालाई बुझ्न पाउनु भएको छ । यो समयलाई अभिभावकले सदुपयोग गर्नु पर्नेछ । आफ्नो बच्चाको केमा धेरै रुची छ ? के गर्दा ऊ धेरै खुशी हुन्छ ? उसको मानसिकता कस्तो छ ? जस्ता कुराहरु बुझ्ने मौका मिलेको छ । बाल मस्तिष्क बुझ्ने अवसर मिलेको छ । यो समयमा आप्mना घरका स–साना कुराहरु देखाउन सिकाउन सकिन्छ । हाम्रा बच्चाहरुलाई दुध कहाँबाट आउँछ ? तरकारी कहाँँबाट आउँछ ? खाना कसरी पकाउने ? लुगा कसरी धुने जस्ता सामान्य कुराहरुको ज्ञान हुँदैन । यो समयमा बच्चालाई प्रकृतिक कुराहरु सिकाउन देखाउन सकिन्छ ।

हाम्रा बच्चाहरु धेरै हाइ लेबलका भएका छन् । ति बाबुनानीलाई के चाहियो भनेर सोध्दा म्याजिक पेन्सिल, सिमरेला फरक जस्ता कुराहरु गर्दछन् । उनीहरुले धेरै मोबाइलको प्रयोगले गर्दा सामान्य ज्ञानको कमी, मोबाइलमा लत बसिसकेको छ । त्यसकारणले अभिभावकले यो लकडाउनको समयमा धेरै भन्दा धेरै समय आफ्ना बच्चाहरुलाई दिनु पर्दछ । बच्चालाई आफ्नो कोठा मिलाउ भन्ने, पुजा गर्न सिकाउने, बिरुवा रोप्न, बिरुवामा पानी हाल्न जस्ता सामान्य कुरा सिकाउनु पर्दछ । हाम्रा अभिभावक र बच्चाहरुको दुरी धेरै देखेको छु । मैले यो लकडाउनको समयमा दुरी कम गर्ने प्रयास गर्नुपर्दछ अभिभावकले ।

बच्चाहरु धेरै नाजुक हुन्छन् । उनीहरुसंग घरी घरी कोरोनाका कुरा गरेर भयभित बनाउनु हुँदैन । उनीहरुसँग सके सम्म यो विषयमा कुरा नगरेको राम्रो हुन्छ । योे लकडाउनको समयमा आफ्नो बच्चाहरुका लागि घरमै बसेर धेरै भन्दा धेरै कुराहरु गर्न र उनीहरुलाई बुझ्न सकिन्छ । उनीहरुलाई किताबी ज्ञान भन्दा व्यवाहारिक ज्ञानको आवश्य धेरै हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *