बागलुङका फ्रन्टलाइनर ५२ पत्रकारको कोरोना बीमा

बागलुङ

जिल्लामा अग्रभाग खटेर रिर्पोटिङ गर्नेहरुको कोरोना बीमा गरिएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाले विश्वव्यापी रुपमा देखिएको कोरोना संकटमा फ्रन्टलाइनमा खटिएर काम गरिरहेका जिल्लाभरका ५२ जना पत्रकारको प्रभू इन्स्युरेन्समा बीमा गरेको हो ।

कोरोना बीमाका लागि जिल्लाको बलेवाका राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले आफ्ना दिवंगत बाबुको स्मृतिमा स्थापना गरेको भीमनाथ शर्मा स्मृति प्रतिष्ठानको सहयोग रहेको महासंघका सचिव राम थापाले जानकारी दिए । प्रतिष्ठानले बीमाको प्रिमियम रकम बापतको प्रति पत्रकार ६ सयका दरले कम्पनीलाई बुझाएको छ ।

तिव्र जोखिमका बीच सामाजिक र पेशागत उत्तरदायित्व बहन गर्दै पहिलो चरणमा अग्रभागमा खटिएका जिल्लाभरका ५२ पत्रकारको एक लाख बराबरको कोरोना वीमा गरिएको पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बताए ।

‘पिसिआर’ जाँचबाट कोरोना संक्रमण पुष्टि भएमा पत्रकारले तत्कालै रु. एक लाख प्राप्त गर्ने बीमा कम्पनी प्रभू इन्स्युरेन्स बागलुङका शाखा प्रवन्धक पर्वत शाक्यले बताए । सम्झौता भएको १५ दिनपछि मात्र बीमा लागू हुनेछ । कोरोना महामारीका बेला कार्यक्षेत्रमा खटिएका पत्रकारको जोखिम न्यूनीकरणका लागि बीमा गर्न सहयोग गरिएको प्रतिष्ठानका सदस्य गोपाल पौडेलले बताए । प्रतिष्ठानले जिल्लाका बिभिन्न स्थानमा शैक्षिक, सामाजिक र परोपकारका क्षेत्रमा सहयोग र कार्य गर्दै आएको उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *