रुकुम घटना : ‘जातका नाममा निन्दनिय अपराध’

देशमा अहिले पुरानो व्यवस्था बदलिएको छ । पञ्चायत, प्रजातन्त्र, बहुदल हुँदै अहिले गणतन्त्र स्थापना भएको छ । देशमा समानता, समृद्धिको नारा चर्को छ । तर, हाम्रा यथार्थ धरातलहरुमा पुराना पात्र र प्रवृत्तिहरु उस्तै अथवा परिवर्तित स्वरुपमा डरलाग्दा हिसावले देखिइरहेका छन् । देशमा जातिय बिभेद बिरुद्धका थुप्रै ऐन कानुन नभएका पनि होइनन् । यस्तो परिवर्तन ऐन कानुन मात्रले सम्भव पनि छैन । हाम्रो सोचहरु जब सम्म परिवर्तन हुँदैन । रुकुम चौरजहारीको घटनाले पनि यही संकेत गरेको छ । यही बिषयमा आदर्श अनलाइनकर्मी साधना पन्तले जिल्लाका केहि दलित अधिकारकर्मी सँग कुराकानी गर्नुभएको छ । उक्त कुराकानीको सम्पादित अशंः

धनबहादुर परियार
पूर्व अध्यक्ष
उत्पिडित दलित समुदायको सञ्जाल
यो अत्यन्तै संविधान विपरित, मानवीयता विपरित भएको एकदम क्रुर घटना हो । यसलाई जुनसुकै हिसाबले हेरे पनि यो घटना दण्डनिय छ । नेपालको संविधानले जातिय विभेद तथा छुवाछुतको अन्त्य गरिसकेको छ तर पनि सामाजिक हिसावले हेर्ने हो भने यो विषय अझै पनि द्यिमान रहेको छ । यो समस्या एकलै दलित समुदायको तर्फबाट मात्रै यो समस्याको समाधान हुन सक्दैनन् । यो समस्यामा पत्रकारहरु नागरीक समाज, राजनितिक दल, नेपाल सरकारले विभिन्न कार्यक्रमहरुको मार्फत सचेतना फैलाउदै अगाडी बढन जरुरी छ । अहिलेका किशोर अवस्थाका युवा युवतीहरुको बीचमा धेरै प्रेम सम्वन्ध हुने । ति सम्वन्ध हरु नटिक्ने, सम्वन्ध रहि रहे पनि उमेरको हिसाबले, जातिय हिसाबले लान्छाना लगाउने काम भईरहेको छ । उनीहरुले विवाह गरेपनि विभिन्न किसीमको आरोप लगाएर सम्वन्ध छुटाउनका लागि प्रहरीमा थुनाउने काम भएको छ । हाम्रा युवा युवतिमा कुन उमेरमा विवाह गर्ने भन्ने सम्म जानकारी नभएको पाएको छु मैले ।

अर्को कुरा उमेर पुगेको, केटा केटी दुवै मन्जुरी भए पनि जातिय हिसाबले समाजले यो वा त्यो बाहानाले छुटाउन खोज्ने प्रवृति बेसी भएको छ । त्यसले गर्दा किशोर अवस्थाका बच्चाहरु आत्मा हत्या गर्ने, लड्न हिडने, सामाजीक द्वन्द्व मचिचने, सामाजिक सद्भाव खैलाबैला हुने जस्ता समस्या देखिएको छ । अहिले भर्खर मात्र जाजरकोटको घटनाले अबका नयाँ पीढिहरुलाई के सन्देश दिन्छ । भन्नाले हाम्रो देश धर्म निरपक्ष राष्ट्र भनिएको छ तर दिन प्रतिदिन छुवाछुत भई रहेको छ , विभेद भईरहेको छ, महिला हिंसा भएको छ यसले गर्दा हाम्रो देशमा कानुन हुँदा पनि कानुनको खिलाफ किन दिन प्रतिदिन यस्ता घटनाहरु भईरहेका छन भने राज्य प्रतिनै प्रश्न चिन्ह खडा भएको छ । यो समस्यालाई सवै मिलेर समाधान गर्नु पर्ने छ ।

विशेष गरेर जहाँ घटना भएको छ त्यस ठाउँको स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने छ । शुक्ष्म ढङ्गले छानबिन गर्नु पर्ने छ । छानबिनमा जातिय रङ, राजनीतिक रङ, भेगीए रङ देखिनु भएन र स्वतन्त्र रुपले छानबीन गरी दोसीलाई कडा भन्दा कडा कारबाही हुन जरुरी छ ।

यामबहादुर चर्माकार
अधिकारकर्मी

यो घटना प्रतिनिधिमुलक घटना हो । यस्ता खालका घटनाहरु समाजमा घटन सक्छन र घटिराखेका पनि छन् । पहिलो कुरा त यो विषयमा प्रयाप्त रुपमा सजाएको व्यवस्था कानुनमा छैन् । राज्य र दलित समुदायले यो विषयालाई गम्भीर रुपमा लिएको छैन् । यो समस्या भनेको दलित समुदायको मात्र नभएर सवै नेपालको समस्या भएकाले यो विषयल विश्वमा नेपाललाईनै पछि पारिराखेको छ । यो घटना सामाजीक सद्भाव खलबलाउने खालको घटना हो तर राज्यका निकायहरुले गम्भिर रुपमा लिएका छैनन् ।

यस्ता खालका घटनाहरु राज्यका संरक्षणमा बसेकालेनै घटाई राखेका छन् । यो घटना पनि त्यस्तै खालको पेरी फेरीमा घटेको छ । राज्य संरक्षकहरुलेनै यो घटना घटाएका हुन र यो घटना ढाकछोप हुनेहो की अनुसन्धानमा समस्या आउने होकी भन्ने कुराहरु आईसकेको छन् । राज्यले यस्ता खालका अपराध गर्ने मानिसहरुलाई सम्रक्षेर गर्नु हुदैन् । यस्ता खालका विषयमा दलित समुदायहरु एकजुट भएर व्यापक रुपमा छलफल गर्न सचेतना मुलक कार्यक्रमहरु गर्न आवश्यक रहेका मैले देखेको छु ।

लक्ष्मी बोहोरा
महिला अधिकारकर्मी
पहिलो कुरा त घटना घटाउनु नै सवै भन्दा ठुलो अपराध हो । यो घटनाले के कुरा देखाई राखेको छ भने हाम्रो समाज परिर्वतनका लागि जसरी दलित आन्दोलन सुरुवात भयो संविधानमा पनि लेखिएका कुराहरु कार्यान्वयनका पक्षमा आउने क्रममा यस्ता खालका घटनाहरुले मानविय व्यवहार कुरता देखिएको छ । अन्तरजातिय प्रेम गरेकै कारण, दलित भएकै कारण विगतमानै धेरै यस्ता खालका घटनाहरु भएको पाईन्छ । जातिय विभेदले गर्दा धेरै युवा युवतिहरुले आफ्नो ज्यान गुमाउनुु परेको छ । यस्ता खालका कुराहरुले नेपाली समाजलाई ठूलो जनझालमा लगेको कुरा प्रष्ट हुन्छ ।

यस्ता खालका घटनाहरु गराउने मानिसहरुलाई कानुन बमोजीमको सजाय हुनु पर्दछ । जुन खालका घटनाहरु घटी रहेका छन् । यस्ता खालका घटनाले नेपालमा रहेका ७० लाख भन्दा दलितहरुलाई ठूलो क्षेती पुराएको छ । जुनखालका दलितहरुलाई हेपाह प्रवृतिहरु भईराखेका छन् । यस विषयमा सरकारको ध्यान जान जरुरी रहेको पाईन्छ । सरकारले पिडीतका परिवारको लागि क्षेतिपुर्ती दिनु व्यवस्था मिलाउनु पर्दछ । दलित समुदायमा यस्ता खालका घटनाहरु धेरै भएको पाईन्छ । त्यसकारले पनि हामी दलित समुदायमा पनि एकजुट हुन आवश्यक रहेको देख्दछु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *