आदर्श अनलाइन, म्याग्दी
म्याग्दीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको मालिका गाउँपालिकाका २ रुमका एक युवालाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
म्याग्दीको मालिका गाउँपालिका घर भई हाल बेनी नगरपालिकाको क्वारेन्टाइनमा रहेका ३० वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि उहाँले जानकारी दिनुभयो ।