आदर्श सञ्चारद्वारा मृत्यु राहत रकम हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्य रामबहादुर खत्रीका छोरा आशिष खत्रीको निधनप्रति दुख व्यक्त गर्दै शुक्रबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

बानपा-१ खत्रीटोल निवासी खत्रीको गत जेठ ४ गते २६ वर्षको उमेरमा निधन भएको थियो । निधन भएको १३ औं दिनको पुण्य तिथि पारेर आदर्श सञ्चार सहकारीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ ।

कार्यक्रममा संस्थाका प्रबन्धक दिपकराज सापकोटा, कर्जा विभाग प्रमुख रुपादेवी ढकाल र नगद विभाग प्रमुख इस्टाफन केसीले संस्थाको नियम अनुसार सेयर सदस्यका परिवारका सदस्यको निधनमा प्रदान गरिने ५ हजार रुपैया मृतकका बुबा रामबहादुर केसीलाइ हस्तान्तरण गर्नु भएको थियो ।

यस सहकारी संस्थाले शेयर सदस्यको परिवारका सदस्यको निधनमा ५ हजार र सेयर सदस्यको निधन भएमा १५ हजार रुपैया मृत्यु राहत स्वरुप हस्तान्तरण गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *