थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १४ सय नाघ्यो

काठमाडौं
नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। 

शनिबार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या१४०१  पुगेको छ। संक्रमितमध्ये २१९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ। 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *