क्वारेन्टिनमा बसेका युवा पाैडी खेल्न जाँदा खोलाले बगाएर बेपत्ता

आदर्श अनलाइन, म्याग्दी

म्याग्दीमा एक युवा पौडी खैल्न जाँदा खोलामा बेपत्ता भएका छन् ।

जिल्लाको मालिका गाउँपालिकाको दरबाङ छ्यारछ्यारेमा रहेको क्वारेन्टिनमा बसेका धवलागिरि गाउँपालिका-७ धारापानीका १९ वर्षीय राजेश थापा बेपत्ता भएका हुन् ।

मंगलबार खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । क्वारेन्टिन नजिकै रहेको म्याग्दी खोलामा पौडी खेल्न गएका उनलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय दरबाङका निमित्त इन्चार्ज बलराम पौडेलले जानकारी दिनुभयो ।

क्वारेन्टिनमा रहेका नागरिकको निगरानीमा रहेका प्रहरीलाई झुक्याएर नदीमा पौडी खेल्न पुगेका युवालाई नदीले बगाएर बेपत्ता भएपछि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनी केही दिन अगाडी मात्रै भारतबाट म्याग्दी आएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *