लोक दोहोरी प्रतिष्ठान गण्डकीमा निर्वाचन, क-कसले जिते ?

लोकदोहोरी कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकी प्रदेश समितिको प्रथम अधिवेशन निर्वाचनबाट नयाँ कार्यसमिति चयन गर्दै शनिवार सकिएको छ ।

प्रदेश अधिवेशनबाट अध्यक्ष सुरेन्द्र गुरुङ पत्यासी सिता केसीलाई ९५ मतको अन्तरले पराजित गर्दै बिजयी हुनुभएको छ । शनिबार दिउँसो भएको मतदानमा गुरुङले १३३ मत प्राप्त गर्नुभएको थियो भने प्रत्यासी केसीले ९५ मत प्राप्त गर्नुभयो ।

अध्यक्ष पदमा सुरुमा ८ जना आकांक्षी भएपनि चुनावमा होमिदाँ दुई जना मात्र मैदानमा थिए । तदर्थ समिति संयोजक शंकर विरही गुरुङ र राजेन्द्र सापकोटाले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिनुभएको थियो । जसका कारण पनि गुरुङलाई जीत सहज बनेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा बागलुङका पूर्ण परियार विजयी हुनुभयो । उहाँले ११६ मत प्राप्त गर्दा अमर धितालले १०८ मत ल्याउनुभयो । प्रथम उपाध्यक्षमा ३ जना प्रतिस्पर्धी रहेकोमा केशव देवकोटा १०१ मतका साथ विजयी हुनुभयो । जयकुमार परियार ३३ र शिवहरि ढुंगानाले ८८ मत प्राप्त गर्नुभयो ।

द्वितिय उपाध्यक्षमा कास्की शाखाका निवर्तमान अध्यक्ष प्रेमराज अधिकारीलाई पराजित गर्दै पर्वतका आरसी पौडेल ४ मत अन्तरले बिजयी हुनुभयो । आरसीको ११४ र प्रेमराजले ११० मत प्राप्त गर्नुभयो। महिला उपाध्यक्षमा बाग्लुङकी रेनु केसीले अन्तिम समयमा उम्मेदवारी छोडेपछि माया गुरुङ निर्विरोध चयन हुनुभयो ।

सचिवमा राजन कार्की र महिला सचिवमा मञ्जु बिक निर्विरोध हुनुभएको थियो । २ जना सहसचिवमा ज्योति लोहनी र रामजी पौडेल विजयी हुनुभयो। रामजीले १५९ र ज्योतिले १२३ मत प्राप्त गर्दा अमित विश्वकर्माले १०१ मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्षमा ३ जना प्रतिस्पर्धी मैदान उत्रिएकोमा इन्द्रा गुरुङले जित हासिल गर्नुभयो। उहाँले ९८ मतका साथ जित हात पार्दा शंकर पन्त ६१ र केशव घिमिरेले ५७ मत प्राप्त गर्नुभयो। सह कोषाध्यक्षमा कृष्ण सुवेदी २३ मतान्तरले विजयी हुनुभयो भने । उहाँले १२३ मत प्राप्त गर्दा बाग्लुङका इश्वर सिंहले १०० मतमा चित्त बुझाउनुपर्यो । सदस्य पदमा भने सर्वसम्मत चयन भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *