–सरोजराज पन्त
आधुनिक समाज हत्या, हिंसा, आत्महत्या, बलात्कार, लुटपाट, चोरी, डकैती, चेलिबेटी बेचबिखन, पारिवारिक कलह, लागु पदार्थ दुव्र्यसनी जस्ता गम्भीर समस्याहरुका चपेटामा परेका छन् । ती समस्याहरु मध्ये आत्महत्या ठूलो समस्याको रुपमा रहदै आएको छ । कुनै पनि व्यक्तिले सामाजिक, आर्थिक, पारिवारिक, नैतिक चरित्र आदिको कारण आफू असुरक्षित, असन्तुलित, अव्यवहारिक क्रियाकलाप भएको महसुस गरी आप्mनो जीवन आफै त्याग गर्दछ । यसैगरी कुनै पनि व्यक्तिले कुनै पनि उपायद्वारा आफ्नो प्राण आफै त्याग गर्ने प्रक्रिया नै आत्महत्या हो । यो एक गहन सामाजिक समस्या हो जुन वर्तमान समयमा एकपछि अर्को गर्दै बढी रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक ४० सेकेन्डमा १ जनाले माथिका केही न केही कारणले आत्महत्या गर्दछ भने दैनिक तीन हजार र प्रत्येक वर्ष विश्वमा १० लाखभन्दा बढी मानिसले आत्महत्या गर्दछन्् । आत्महत्या गर्ने मानिसहरु प्राय न्यून र मध्यम आय भएका राष्ट्रहरुका मानिसको संख्या ८६ प्रतिशत रहेको छ । नेपालमा आर्थिक वर्ष २०७६/७७ मा औसत दैनिक १४ जनाले आत्महत्या गरेकोमा लकडाउन सुरु भएपछि चैत ११ देखि जेठ १० गतेसम्म दुई महिनामा ९६३ जनाले आत्महत्या गरेका छन । यो सख्या बिगतको भन्दा औसतमा बढी रहेको छ ।
लकडाउनका कारण सर्वसाधारणको जीविका मुस्किल बन्दै आएको छ । अहिले जीवन कसरी चलाउने भन्ने पिर छ । अतः लकडाउन लम्बिँदै जाँदा कामविहीन भएका केहीले ऋण गरेर घर खर्च चलाइरहेका छन् र कोही राहतको भरमा छन् ।
यस समयमा मानिसले काम गर्न पाएका छैनन, आर्थिक संकट भएको छ, रोग लाग्दा उपचार पाइएको छैनन, आफन्तसँग भेटघाट सुन्य छ । मनोसामाजिक समस्या तीव्र बन्दै गएको छ । मानिसमा तनाव, चिन्तारोग, निद्रा नलाग्ने, डिप्रेसन जस्ता समस्या बढ्रिहेका छन् । घरमा बसी मद्यमान र धूमपान सेवन गर्ने हुँदा घरझगडा धेरै हुने गरेकोले छटपटी ,चिन्ता मानसिक स्वास्थ्यको उपचार गराइरहेका मामिसलाई थप गाह्रो हुन गइ आत्महत्या बढेको छ । यो समस्या नेपालमा मात्र नभई विश्वभरमा नै ठूलो समस्याको रुपमा रहदै आएको छ ।
कृषकको उत्पादन बजारसम्म पुर्याउन नसकी कतै अभाब त कतै महगी अनि कतै कृषकको तरकारी खेतबारीमा कुहिरहेको अबस्था छ । उनीहरूलाई अहिले रोगले भन्दा भोक, शोकको चिन्ताले आत्महत्या गर्न विवश पारेको देखिन्छ । लकडाउन थपिएपछि सर्वसाधारण, मजदुर वर्ग , फुटपाथ व्यापारी, विद्यार्थी, दैनिक मजदुरी गर्ने, निजी क्षेत्रमा काम गर्ने, अपांगता भएका तथा असहायहरू देखि श्रमिक, व्यवसायीहरू र घर भाडामा बस्नेहरू , वैदेशिक रोजगारका लागि विदेश गएर कामविहीन बनेकाहरूसम्म मारमा परेका छन् । कोठामा बस्ने सबै जना काममा गएका छैनन् भने घर भाडा नपाएर उपचार खर्च जुटाउन नसकेका, लकडाउनले व्यापार गर्न, उपचारका लागि सहयोग जुटाउन नसकेर पिडित बनेका छन । लकडाउन थपिँदै जाँदा आर्थिक समस्याले गाँजेको, जग्गा भाडामा लिएर व्यावसायिक रूपमा पशुपालन र तरकारी खेती गरेका, कामविहीन, घरको भाडा पनि तिर्न नसकेका, जुत्ता सिलाउन चोकमा निस्के पनि कोही ग्राहक नआउने गरेकोले खान नपाएको र किस्ता तिर्न नसको दुखेसो बढदो छ । अतः लकडाउन बढ्दै गएर गुजारा चलाउन पनि गाह्रो भइरहेको र काम नभएपछि खाना खाने पैसा नभएर.आत्महत्या बढी रहेको छ ।
आत्महत्या एक सामाजिक समस्या हो । यसका विभिन्न कारणहरु छन् तीमध्ये बेरोजगारीको समस्या,कुलत, घर परिवारमा कसैको पनि निगरानी नहुनु , परिवारमा झै झगडा, दुव्र्यसनमा लाग्नु , बाबु आमाको माया ममता नपाउँनु ,उत्पीडित ,पिछडिएका, अवसर विहिन , अस्वच्छ प्रतिस्प्रर्धा, न्यून आय वा आम्दानी विहिन अवस्था, ऋण, वेरोजगारी , मानसिक तनाव,मनोवैज्ञानिक कारण हिनताबोध हुनु, आपूmले सोचे जस्तो (नतिजा) परिणाम हात नलाग्नु, मानसिक असन्तुलन हुनु, मानसिक विक्षिप्तता, आपसी समन्वयको अभाव, जुवा तास, अंशवण्डामा किचलो, जाँड रक्सी पारिवारिक यातना, गाली गलौज, समयमा औषधी उपचार गर्न नसक्नु, वलात्कार, वेश्यावृत्ति, यातना, असफल जीवन, वालवालिकाको पालन पोषण गर्न नसक्नु, दुःख पीडा, कष्ट अरुलाई व्यक्त गर्न नचाहनु , ऋण लागेमा, व्यवहार विग्रेमा, वैदेशिक रोजगारवाट फर्केपछि श्रीमान श्रीमती बीच हुने असमझदारी,अन्तर्मूखी भावना, यौन चाहना पुरा नहुनु, आवेग, कुण्ठा, इष्र्या, एकान्त जीवन, प्रेममा असफल हुनु,सानै उमेरमा प्रेम चक्रमा फस्नु, आदि तर पनि अहिले भने नेपालमा सबैभन्दा बढी आर्थिक कारणले आत्महत्या भएको छ ।
आत्महत्याको प्रकृति, अवस्था, स्थान आदिको आधारमा अध्ययन गर्दा आत्महत्या गर्ने तरिकाहरुमा पङ्खा, दलिन, सिलिङ, रुख आदिमा झुण्डिएर,विभिन्न राशायनिक पदार्थ एवं विष सेवन गरेर,पेट्रोलियम पदार्थ एवं ज्वलनयूक्त वस्तुको प्रयोग गरी आगो लगाएर , खोला, नदी, पोखरी,तालमा हाम फालेर, डुबेर , अग्लो स्थानबाट हाम फालेर, खोचमा फंगालेर ,करेण्ट लगाएर , विभिन्न किसिमका हात हतियारको प्रयोग गरेर, निजी सवारी साधनको दुर्घटना गराएर आदि भएपनि कोरोना भाइरस कोभिड–१९को संकटले लकडाउनमा हिँडडुलमा प्रतिबन्ध भएर आत्महत्याको शैली बदलिदिएको छ । झुन्डिएर आत्महत्या गर्नेहरूको संख्या बढेको छ भने विष खाएर र हामफालेर आत्महत्या गर्नेको संख्या कमी भएको छ ।
महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गर्ने गरेको समग्र तथ्याङ्क देखिन्छ । पुरुषले दुःख पीडा, कष्ट अरुलाई व्यक्त गर्न नचाहनुले पुरुषले बढी आत्महत्या गर्ने गरेको पाइन्छ । आत्महत्याको प्रयास गर्नेमा भने पुरुषको भन्दा महिलाहरुको संख्या बढी देखिन्छ । आहले गरिवीले पिडित रहेको समाज यसको केन्द्रविन्दुमा रहेको छ । लामो समय सम्म परिवारबाट अलग भएर वस्नुपर्ने, समन्याय, समान अवसर प्राप्त गर्न नसक्नु, असमान ज्याला, असुविधा, वढ्दो प्रदुषण, नैराश्यता, अस्वस्थ प्रतिस्पर्धा, समन्वयको अभाव , आत्मसम्मानमा आँच आउनु, सामाजिक प्रतिष्ठा गुम्ने खतरा बढ्नु, अनावश्यक दवाव वा तनाव हुनुका कारण आज आत्महत्या बढ्दै गएको छ । कोरोनाको संकट सकिएपछि पनि यो समस्या रोकिन कठिन छ त्यसैले अहिल्यैबाट यो समस्याको समाधानका लागि उचित प्रयास नगरिए देशमा भयावह स्थिति आउन सक्ने खतरा बढ्दै गएको छ ।
नेपालमा २०७२ भूकम्पपछि मानसिक समस्या आकासिएको थियो र अहिले कोरोना भाइरस कोभिड–१९को संकटले थप मनोवैज्ञानिक असर निम्त्याएको छ । यसले दीर्घकालसम्म सताउने देखिन्छ । आर्थिक वर्ष २०७७ र ०७८ को बजेटमा मनोवैज्ञानिक त्रास निराकरणका लागि खर्च विनियोजन गरि मानसिक स्वास्थ्य संवर्द्धन गर्न स्थानीय र सामुदायिक संघसंस्थाको सहभागितामा आरोग्य केन्द्र, व्यायामशाला र योग केन्द्र सञ्चालन गर्ने घोषणा गरेको भएपनि मनोवैज्ञानिक उपचारका लागि राज्यस्तरबाट मानसिक समस्या सामना गर्न थप प्रभावकारी कदमको लागि गृहकार्य थालिएको छैन ।
आत्महत्या रोक्नको लागि सबै पक्षबाट आवश्यक पहल गरिनु पर्दछ । अहिले आर्थिक कारण र प्रतिवmुल पारिवारिक वातावरणले गर्दा आत्महत्या गर्ने हुँदा बेलैमा सोच्न सके यसको नियन्त्रण गर्न सकिने देखिन्छ । असन्तुलन रोकी समान अवसर, समान न्यायको सिद्धान्तलाई आत्मसाथ गर्दै घर, परिवार, समाजमा विभिन्न खालका जनचेतनामूलक कार्यक्रम गरी नियन्त्रण सम्बन्धि अभियान चलाउन सके र सरकारले आ—आफनो स्तरबाटै जनचेतनाका कार्यक्रम संञ्चालन गर्ने रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाको ,सवैतहरुका माध्यमबाट आत्महत्या विरुद्ध जनचेतना जगाउनु पर्ने ,आपसी समन्वय कायम गर्ने, ,उचित सचेतना मूलक कार्यक्रम, शिक्षा जस्ता आवश्यक कार्यमा राज्य सक्रिय हुनु पर्ने,देशमा विद्यमान सकटलाई तत्काल सम्बोधन गरी वेरोजगारीलाई उचित भक्ताको व्यवस्था गर्नु पर्ने, जेष्ठ नागरिक, अपाङ, आदिवासी, सिमान्तकृत, लोपोन्मूख, मधेशी, गरिवीको रेखामूनी रहेका जनताहरुको जीवनस्तर माथि उठाउन विशेष राहत कार्यक्रम तत्काल अगाडि बढाउनु पर्ने , नातावाद, कृपावाद र राम्रो भन्दा हाम्रो भन्ने प्रवृतिको अन्त्य गरिनु पर्ने, नीति नियम बनाएका, सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने, पहुँचवाद, चाप्लुसीवाद, चाकडीवादमा राज्य संञ्चालन गर्ने परिपाटीको अन्त्य गरिनु पन सबै सरोकारवाला सचेत हुनु पर्ने देखिन्छ ।
आत्महत्यालाई कमजोर मनोवल, सहनशीलता धैर्यताको अभाव, आवेग असन्तुलन, मानसिक स्वास्थ्यसँग जोडेर हेर्ने परिपाटी रहेको छ । हामी २१ औ शताव्दीको सुचना, प्रविधि र विश्वव्यापीकरणसँगै साँघुरिएको समाजमा छौ । विश्व आज सानो गाउँ भैसकेको छ तर पनि एक पछि अर्को समस्याबाट विश्वका कुनै पनि राष्ट्र अछुतो रहेको छैन । यी विविध समस्या मध्ये आत्महत्या एक हो । समाजमा परिवर्तन गराउने कार्यमा जसरी आम नागरिकको महत्वपूर्ण भूमिका रहन्छ त्यसैगरी समाजलाई यथास्थिति एवम् अधोगतिमा लैजाने भूमिका पनि मानव जातिकै हुन्छ । अकालमा मृत्युवरण गर्नु कसैका लागि पनि सहज कुरा होइन यो त वाध्यता हो । यस्तो वाध्यतामा पार्ने परिवार, समाज, राज्य, सामाजिक मूल्य–मान्यता आदिको पहिचान गरी समाधानका उपाय तुरुन्त अवलम्वन गर्नुपर्ने देखिन्छ । हाम्रो जस्तो ४३ प्रतिशत जनतामा वेरोजगारी समस्या र २५ प्रतिशत गरिवीको रेखामुनी रहेको राष्ट्रमा आत्महत्याले सामाजिक ,सांस्कृतिक, आर्थिक, पारिवारीक र समग्र विकासमा प्रत्यक्ष प्रभाव पर्न जाने निश्चित छ । त्यसैले आत्महत्या जस्तो मानव जीवन, समाज र राष्ट्रको विकासमा प्रत्यक्ष असर पर्ने गम्भिर सामाजिक समस्या सुल्झाउन आम नागरिक, परिवारका सदस्य, नागरिक समाज, राज्य,सरकारी गैरसरकारी संघ संस्थाहरुको बेलैमा चासो पुग्नु जरुरी छ ।