जन्मदिनमा खाद्यन्न सामग्री सहयोग

आदर्श अनलाइन, बागलुङ
गलकोट नगरपालिका वडा नम्बर ७ मल्म फलाटेका एक युवाले जन्मदिनको अवसरमा राहत सामग्री सहयोग गरेका छन् ।

जापानको ओसाकामा रेस्टुरेण्ट व्यवसाय गर्दै आएका युवा व्यवसायी शिवु थापा (लछु) ले नगद रु २५ हजारको खाद्यन्नसामग्री सहयोग गरेका हुन् ।

उनले मल्म सिरबारेका अग्नि पीडित जुक्त बहादुर खड्काको परिवारलाई नगद रु १० हजारको सामग्री सहयोग गरेका छन् ।

आपतको बेला थोरै भए पनि राहत पु¥याउने उद्देश्यले सहयोग गरेको थापाले बताए । उनले १ हप्ता पहिले साउदी अरबमा निधन भएका मल्म आरान टोलका लक्षुमण सुनारको परिवारलाई पनि नगद रु १० हजार बराबरको खाद्यन्न सामग्री सहयोग गरेका थिए ।

थापाले लामो समयदेखि थापा जापानमा रेस्टुरेण्ट व्यवसाय गर्दै आएका छन् । गलकोट समाज जापान क्षेत्रीय समिति कान्साईका अध्यक्ष समेत रहेका थापाले पहिलेदेखि नै विभिन्न सामाजिक गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएका छन् ।

थापाले जनहित माध्यमिक विद्यालय मल्मको क्वारेन्टाइनमा रहेका ६ जनालाई समेत नगद रु ५ हजारको खाद्यान्न सहयोग गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *