आदर्श अनलाइन/ म्याग्दी
जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ बगरफाँट स्थित कोटखोलामा शनिवार राति आएको बाढीले बगाएर दुई बालिका बेपत्ता भएकी छिन् ।
राती अविरल परेको बर्षाका कारण कोटखोलामा आएको बाढीले बगाउँदा बगरफाँटकी पार्वती परियारकी ९ बर्षिया छोरी प्रबिना परियार र अनिता परियारकी ६ बर्षिया छोरी अनुस्का परियार बेपत्ता भएकी हुन् ।
बेपत्ता दुई बालिकाको खोजी कार्य जारी रहेको प्रहरी विट मंगलघाटका प्रहरी हवल्दार सुरेशलाल नगरकोटीले आदर्श अनलाइनलाई जानकारी दिनुभयो । राती करिब ११ः१५ बजेको समयमा कोटखोलामा बाढी आएको खबर थाहा पाएपछि प्रहरी उद्धारमा खटिएको थियो । बाढी आए पछि भाग्न खोज्दा दुई बालिकालाई बाढीले बगाएको हुन सक्ने स्थानीयको भनाई छ । रातको समय भएकाले उद्धारमा समस्या भएको थियो । पार्वती परियार र अनिता परियार स्थानीय अम्बिका श्रेष्ठको जग्गा भाडा लिएर घर बनाएर बस्दै आउनुभएको थियो ।
रातको समयमा बस्तीमा बाढी पसेकाले खोजी तथा उद्धारमा समस्या भएको स्थानीय बाढी पिडित रश्मी दमाइले बताउनुभयो । सुतिरहेको अवस्थामा राती अचनाक बाढी आएपछि भागेर बाच्न सफल भएको उहाँको भनाई छ । बर्षा संगै आएको बाढीले बगरफाटँमा रहेको बुद्ध एकेडेमी बोर्डिङ स्कुल संगै स्थानीय रेशम जुग्जाली ,अनिता परियारी र पार्वती परियारको घरमा पुर्ण रुपमा क्षती पु¥याएको छ ।
पार्वती परियार ,अनिता परियार र रेशम जुग्जालीको घर पुर्ण रुपमा पुरिएको छ भने सुकुम्बासी रश्मी परियार ,माया परियार र सेते किसानको घरमा आंशिक क्षती पु¥याएको छ । बाढीले विद्यालय पुरिँदा करिब एक करोड बराबरको क्षती भएको प्रिधानाध्यापक ध्रुवसागर शर्माले बताउनुभयो ।