राष्ट्रियसभा अध्यक्षले २०७७ चैतसम्म बैठक र भ्रमण भत्ता नलिने : रकम राजस्वको खातामा

काठमाडौं  
संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरस (कोभिड-१९) महामारीको अवस्थालाई मध्यनजर गर्दै बैठक र भ्रमण भत्ता नलिने निर्णय गरेका छन्। 
बिहीबार संघीय संसदको आर्थिक प्रशासन शाखालाई भत्ता नलिने सम्बन्धमा अध्यक्ष तिमिल्सिनाले पत्रमार्फत् जानकारी गराएका हुन्। उनले उक्त भत्ताको रकम नेपाल सरकारको राजस्व खातामा जम्मा गरिदिन अनुरोध गरेका छन्। 

‘यतिबेला मुलुक कोरोना भाइरस संक्रमणको महामारी विरुद्ध लडिरहेको सन्दर्भमा सार्वजनिक खर्चमा मितव्ययीता ल्याउनको लागि २०७७ साल जेठ २२ गतेदेखि २०७७ चैत्र मसान्तसम्म संघीय संसद, राष्ट्रिय सभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा समेत कुनै पनि भ्रमण भत्ता नलिने कुरा जानकारी गराउँदै उक्त भत्ता नेपाल सरकारको राजस्व खातामा जम्मा गरिदिनु’, अध्यक्ष तिमिल्सिनाले पत्रमा लेखेका छन्।  

यो पनि पढ्नुहोस्