मान्छे भन्दा बढी फेसवुकलाई बिश्वास !

सम्पादकीय
सामाजिक सञ्जाल । समाजका बिभिन्न आयामसँग मानिसलाई जोड्ने प्रयासका खातिर सिर्जित प्रविधिको विकसित रुप हो । जसको फरक–फरक स्वरुपमा आएका फेसबुक, ट्विटर, इन्स्ट्राग्राम, युट्युवलाई अधिकले स्वतस्फुर्त आत्मसाथ गरे । आंशिकले बाध्यकारी रुपमा स्वीकार गरे । तर, सामाजिक सञ्जाल माथि अहिले बहस तिव्र छ । यसमा जोखिम बढी छ कि अवसर ? सदुपयोग ज्याँदा भइरहेको छ कि दुरुपयोग ? सामाजिक सञ्जाललाई शौख बनाउने कि लत ? सहयोगी बनाउने कि दुर्घटनाहरुको सहज अस्त्र ? यि यावत बिषयका बारेमा प्रश्न र छलफल जरुर भएको छ ।

सामाजिक सञ्जाल मानिसहरुको बिश्वासिलो र भपरर्दो साथी बनेको छ । मानिसले मानिसलाई गर्ने बिश्वास घटेको छ । तर, मानिसलाई कम बिश्वास गर्न थालेको मानिसले सामाजिक सञ्जाललाई बढी बिश्वास र प्रेम गर्न थालेको छ । कसैलाई भन्न नसक्ने र भन्न मन नलागेका आन्तरिक कुराहरु पनि फेसबुक लगायतमा शेयर गर्छन् । आँफ्ना अन्तर मनका भावना सामाजिक सञ्जालमा पोख्छन् । एक्लै हुँदा पनि फेसवुकले एक्लोपनको आभाष हुन दिदैन आजकाल । जीवनका सुखद क्षण या दुखद पल । ति सबै साथी बनेर बाँड्ने ठाउँ बनेको छ सामाजिक सञ्जाल । यति मात्र होइन, यो सञ्जाल ठूलाठूला राजनीतिक बहस गर्ने वा एजेन्डा सेट गर्ने ठाउँको रुपमा विकास भइरहेको छ । सूचनाको स्रोत पनि यही बनेको छ । अर्को तर्फ कसैलाई रिस र कुण्ठा पोख्ने माध्यम पनि बनेको छ । प्रत्यक्ष हाकाहाकी भन्न नसक्ने बिषयमा अप्रत्यक्ष सामाजिक सञ्जालबाट तथानाम लेख्न सक्छन् । कुनै तथ्य, प्रमाण बिना कसैको चरित्र हत्या गर्नुप¥यो भने सबै भन्दा सजिलो माध्यम सामाजिक सञ्जालमा लेखिदिनु या बोलिदिनु भएको छ । जसका कारण मानिसले पाइरहेका दुःख, तनाव, सकस, सम्बन्धको दरारमा बढेको पारामिटरका बारेमा सायद धेरै बेखबर छौ । सामाजिक सञ्जालको प्रयोगले अझ कस्ता असर ल्याउँछन् यकिनका साथ भन्न सकिने अवस्था छैन । यकिन भएको एउटै मात्र कुरा के हो भने मानिसको आचरण र अवस्था अनुसार मानिसलाई सामाजिक सञ्जालले फरक तरिकाले प्रभाव पारिरहेको छ । यद्यपी, सञ्चार प्रविधिको आजको युगमा सामाजिक सञ्जालको मोह थप चुलिँदो छ ।

एक अध्ययन अनुसार, संसारभरका तीन अर्ब मानिस अथवा विश्वको पूरा जनसंख्याको झण्डै ४० प्रतिशत मानिस सामाजिक सञ्जाल प्रयोग गर्दछन् । हरेक मानिसले औसतमा दुई घण्टा यस्ता सामाजिक सञ्जालमा सेयर, लाइक, ट्वीट वा अपलोड र त्यसमा रमाएर समय बिताइरहेका हुन्छन् । हरेक मिनेटमा दशौँ लाख स्टाटस, ट्विट र फोटो अपलोड हुने गर्छ । सामाजिक सञ्जालले हाम्रो जीवनमा ओगट्दै गइरहेको हिस्साले हाम्रो मानसिक स्वास्थ्य, रहन, सहन, समय र सँस्कारमा कति आघात पु¥यारहेको छ भन्ने बारेमा पनि गम्भिरतापूर्वक सोच्न र मनन गर्न जरुरी छ । सामाजिक सञ्जालले प्रवेश पाएको धेरै भएको छैन । यसकारण पनि यसको प्रभावका परिणामलाई निर्णायक ठान्दा निश्चय हतारो हुन्छ । यद्यपी, यसको अधिक प्रयोगका बिषयमा संवेदनशिलता भने निश्चित जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *