लोकेन्द्र निरासी
सुरुमा दिनहरुमा दुई चार जना व्यक्तिमा कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण देखिदा विभिन्न क्वारेन्टिन र आइसोलेसन कक्षहरु निमाणर् हुँदा धेरैलाई लाग्थ्यो—यो के गरेको होला ? किन धेरै क्वारेन्टिन र आइसोलेसन कक्ष चाहिएको होला ? तर विस्तारै संक्रमणको सकस थपिदै जाँदा बल्ल होस खुल्दै जान थाल्यो । धेरैले सुरुमा जसरी नजर अन्दाज गरेका थिए त्यो भन्दा परिस्थिति विल्कुल फरक बन्दै गयो । क्वारेन्टिन त्यस्तो ठाउँ हो जहाँ रोगका संभावित संक्रमितहरुलाई व्यवस्थित र निश्चित स्वास्थ्य मापदण्डमा सामाजिक दुरी कायम गरी निश्चित समयका लागि राखिन्छ । यो विश्व स्वास्थ्य संगठनको पापदण्ड अनुसार हन्छ र हुनुपर्छ भन्ने मान्यता राखिन्छ । तर पछिल्लो समयमा कोरोना संक्रमितहरुको संख्या दिन प्रतिदिन उच्च रुपमा बढ्दै गएपछि नेपालका अधिकांश क्वारेन्टिन स्थलहरु भद्रगोल हुँदा संक्रमणको जोखिम झनै बन्दै गएको छ ।
सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन शुरु भएसंगै कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र मन्त्रिपरिषदका विभिन्न बैठकहरुमा समेत पटक पटक छलफल गरी सबै प्रदेश तथा देशैभरका स्थानिय तहमा समेत विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टिनहरु निर्माण गर्ने निणर्यहरु भएका थिए । गत चैत्र १६ गते सरकारले क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापन र अनुगमनका लागि छुट्टै समिति समेत निर्माण गरेको थियो । विभिन्न प्रदेश र स्थानीय तहहरुले पनि पछिल्लो समयमा क्वारेन्टिन निर्माणलाई बढी जोड दिए पनि अहिले पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार अधिकांश क्वारेन्टिनहरु व्यवस्थित हुन सकेको छैनन् भने यही विषयलाई लिएर सर्वत्र आलोचनाहरु आइरहेका छन् । कोरोना संक्रमणको नेपालको अवस्थालाई हेर्दा पहिल्लो १ महिनामा निकै तीब्र रुपमा फैलिएको पाइन्छ । पछिल्लो समयमा कोरोना संक्रमितको संख्या २५ सयबाट तीब्र उकालो लागेपछि सरकारलाई पनि व्यवस्थापन र उपचारमा चुनौती थपिएको छ । जसरी संक्रमित हुनेको संख्यामा वृद्धि हुँदै गएको छ त्यसरी नै मृत्यु हुनेहरुको संख्यामा पनि वृद्धि हुनु थप चुनौतिपूणर् परिस्थिति हो । यो अवस्थाको आकलन गरी स्वास्थ्य मन्त्रालयले देशमा स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने प्रस्ताव समेत सरकारलाई अगाडि सारेको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोरोनाका संभावित संक्रमितहरु अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । तर क्वारेन्टिनको व्यवस्थापन पनि विश्व स्वास्थ्य संगठनकै मापडण्डमा हुनुपर्ने भनिएको छ । नेपालका अधिकांश क्वारेन्टिन भने भद्रगोल स्थितिमा रहेका देखिन्छन् । भारतबाट नेपाल भित्रन सक्ने नेपालीहरुको समयमै व्यवस्थापन र सोहीअनुसारको संभावित अध्ययन गरी योजना अनुरुप क्वारेन्टिनहरुको निमाणर् गर्न सकेको भए यो परिस्थिति आउने थिएन । तर पछिल्लो समयमा सरकारले सीमा बन्द गरेपनि यतिका हजारौंको संख्यामा भित्रने नेपालीहरुलाई रोक्न सक्ने कुरै भएन । निश्चित समय सीमा दिएर भारतमा कार्यरत नेपालीहरुलाई नेपाल ल्याउने विषयमा सरकार समयमै गम्भीर बन्न सकेको भए र भारतमा कोरोनाको संक्रमण उच्च नहुँदै समयमै सोही अनुसार उद्धार गर्न सकेको भए उनीहरुलाई चोर बाटोबाट आउनु पर्ने बाध्यता पनि हुने थिएन भने क्वारेन्टिनमा अस्तव्यस्त र भद्रगोलको स्थिति पनि आउने थिएन । अहिले अधिकांश भारतबाट आउनेहरुबाट नै कोरोनाको संक्रमण वढी रुपमा फैलिरहेको छ ।
लकडाउनको पहिलो चरणमा आफ्ना देशका नागरिक वा विदेशी नागरिक जो जहाँ छ त्यहीं सुरक्षित बस्ने भनी सरकारले निणर्य गर्यो । नेपाल र भारतबीचा खुल्ला सीमाना भएकालाले यो निकै समस्याको विषय थियो नै । त्यसमा पनि भारतका विभिन्न सीमा क्षेत्रहरुमा सीमा पारी अलपत्र परेका नेपालीहरुलाई तत्काल उद्धार नगरी भारतकै क्वारेन्टिनमा बस्ने भनेपछि नेपालीहरुले एकातिर झन समस्या बेहोर्न बाध्य भए भने अर्कोतिर कोरोना संक्रमणको जोखिम पनि झन बढ्दै गयो । कतिपय नेपालीहरुको भारतका क्वारेन्टिनमा पुलिसको कुटाई खानु परेको, क्वारेन्टिन भित्रै ज्यान गुमाउनु परेको, खान र पानीसम्म नदिएर भोकभोकै मर्नुपर्ने स्थिति सिर्जना भएको, क्वारेन्टिनभित्रै पनि संक्रमित हुनुपर्ने अवस्था रहेको जस्ता थुप्रै समस्याहरु विभिन्न संचार माध्यमहरुबाट सबैलाई थाहा भएकै विषय हुन् । कसैले लुकाउन अवस्य मिल्दैन । त्यसपछि पनि दिन प्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा नेपालका अधिकांश क्वारेन्टिन स्थलहरु पनि भद्रगोल नै हुन पुगे । क्वारेन्टिन भित्र सामाजिक दुरी कायन नहुनु, उचित किसिमले स्वास्थ्य चेकजाँच नहुनु, सबैलाई भद्रगोल रुपमा एकैठाउँ खाँदेर राख्नु, उचित खानपिन, औषधी र पिउने पानीको समेत व्यवस्था नहुनु, संक्रमण पुष्टि भएका विरामीहरुलाई समेत अन्य व्यक्तिसंग संगै राख्नु, पहिला आएका र पछि आएका व्यक्तिहरुलाई स्वास्थ्य चेकजाँच समेत नगरी एकैठाउँ राख्नु जस्ता स्वास्थ्य मापदण्ड विपरीतका कार्यहरुले क्वारेन्टिनहरु नै अस्तव्यस्त र भद्रगोल मात्र भएका छैनन् कोरोना संक्रमणको उच्च जोखिम समेत थपिदै गएको छ ।
भारतबाट आउनेहरुको संख्या पछिल्लो समयमा निकै बृद्धि भएको छ । केही दिन अगाडि विदेशी स्थित नेपालीहरुलाई हवाई सेवा मार्फत चार्टर उडान भरी नेपालमा ल्याउनको लागि सरकारले निणर्य गरेपनि खासगरी ठूलो समस्याको रुपमा भारतमा रहेका लाखौं नेपालीहरुलाई सहज रुपमा कसरी उद्धार गर्नै भन्ने कुराको स्पष्टता अझै देखिदैन । भारतबाट नेपाल भित्रने नेपालीहरुको संख्या बढेसंगै यतिबेला क्वारेन्टिनहरु पनि स्थानीय तहहरुसम्म भरिभराउ भएका छन् भने भएका अधिकांश क्वारेन्टिनहरु व्यवस्थित र मापदण्ड अनुरुप छैनन् । यसका लागि स्थानीय निकायहरुलाई व्यवस्थापनमा समेत ठूलो चुनौती आएको छ । सीमा नाकामा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्नका लागि लकडाउनको समयमा नै विभिन्न स्थानीय पालिकाहरुको पहलमा यातायातको व्यवस्थापन गरी उद्धार गरेर सिधै आआफ्ना पालिकाहरुमा लगेर क्वारेन्टिनहरुमा राखिएको छ । देशभरको स्थिति हेर्ने हो भने अहिले १ लाख ६५ हजारभन्दा वढी व्यक्तिहरु क्वारेन्टिनमा रहेका छन् । भारतबाट भित्रने नेपालीहरुको संख्या दिन प्रतिदिन बद्दै गएकाले र अन्य मुलुकहरुबाट पनि केही दिनमै हवाई मार्ग मार्फत नेपालीहरु आउने निश्चित भएको छ । त्यसैले यो संख्यामा ठूलो बृद्धि हुने स्थिति देखिन्छ । हवाई मार्गबाट अन्य मुलुकबाट नेपाल भित्रने र भारतबाट नेपाल भित्रने सबै नेपालीहरुको आकलन गर्ने हो भने अहिलेको क्वारेन्टिनहरुको जुन अवस्था छ त्यसले कुनै पनि हालतमा थेग्न सक्ने स्थिति देखिदैन भने यही अवस्थाले मात्रै सबैको व्यवस्थापन गर्न सक्ने अवस्था छदै छैन । त्यसैले अबको कोरोना महामारीसंग जुझ्न सबैभन्दा महत्वपूणर् पक्ष व्यवस्थित क्वारेन्टिनहरुको निर्माणमा नै बढी ध्यान दिनुपर्ने देखिन्छ ।
यतिबेला कोभिढ १९ को रोकथाम र नियन्त्रणका लागि डेडिकेट हस्पिटलहरुले समेत आइसोलेसनको अभाव देखाउँदै विरामीहरु लिन मानिरहेका छैनन् । अबका दिनमा रोगका लक्षण नदेखिएका विरामीहरुलाई समेत सरकारले घरमै बस्ने भन्न लागिसकेको छ । यसरी घरमै बस्दा संक्रमण फैलन सक्ने जोखिम झनै धेरै हुनसक्ने स्थिति आउन सक्छ । किनकी सबै व्यक्तिहरु स्वास्थ्य मापदण्डको पालना गरी घरमा सुरक्षित नै बस्न सक्छन् भन्न सकिदैन । अहिले पनि कतिपय व्यक्तिहरु क्वारेन्टिनमा बस्न नमानेको, संक्रमित व्यक्तिहरु भागरेर हिड्ने गरेका जस्ता थुप्रै घटनाहरु देख्ने गरेका छौं । अबका दिनमा संक्रमित विरामीहरुको संख्या झनै बढ्दै जाने हो भने यसले झन गम्भीर समस्या निम्त्याउन सक्छ । क्वारेन्टिनहरुमा संभावित संक्रमितहरु भरिभराउ भएर बस्ने ठाउँ नहुने, हस्पिटलहरुले आइसुलेसन कक्षको अभावमा विरामी लिन नमान्ने, अन्यन्तै जोखिमका बिरामीहरु बढ्दै जाँदा अक्सिजन र भेन्टिलेटरको समेत अभाव हुदैं जाने जस्ता समस्याहरु थपिदै जाने हो भने अबका दिनहरु अझै चुनौतीपूणर् नबन्लान् भन्न सकिदैन । त्यसैले पनि क्वारेन्टिन र आइसुलेसन निमाणर्मा सरकार र सबैको बढी ध्यान जानुपर्ने देखिन्छ ।
लकडाउनको सुरुका दिनहरुमा संक्रमितहरुको संख्या निकै कम भएकाले केन्द्रदेखि प्रदेश र स्थानीय तह सबैको ध्यान राहत वितरणमा नै बढी गएको देखियो । यति लामो समयको लकडाउनमा पछि आउन सक्ने संभावित परिस्थितिको ठोस मूल्याङ्कन गरी भारतबाट र अन्य विदेशबाट आउन सक्ने नेपालीहरुको अवस्थालाई मध्यनजर गरी बढीभन्दा बढी क्वारेन्टिनहरुको निमाणर् गर्न सक्नुपर्दथ्यो । सोही अनुसार संक्रमित जोखिमको आकलन गरी स्वास्थ्य सामग्री र औषधी उपचारको साथै जनशक्ति व्यवस्थापन र आइसुलेसन कक्षहरुको विस्तारमा ध्यान दिन सकेको भए यति चाँडै आत्तिनु पर्ने अवस्था अवश्य आउने थिएन तर यी सबै कार्यहरु समयको महत्वलाई बुझी युद्धस्तरमा गर्न नसकेकै कारणले अहिले अवस्था अत्यन्तै जटिल बन्दै गएको छ । लकडाउनको समयलाई महत्वपूणर् समय र अवसरको रुपमा दिनसक्नु पर्दथ्यो तर त्यो देखिएन । अबका दिनमा यी सबै परिस्थितिहरुको मूल्यांकन गरी बढीभन्दा बढी व्यवस्थित क्वारेन्टिन र आइसुलेसन कक्षहरुको निर्माणमा ध्यान दिनुपर्ने देखिन्छ । रोगको संक्रमणको स्थितिलाई हेर्ने हो भने आउँदा दिनमा संक्रमितको संख्या दिन दुई गुना र रात चौगुनाको रफ्तारमा नबढ्ला भन्न सकिदैन । कोरोना संक्रमण समुदाय स्तरमा फैलनबाट रोक्न र त्यो जटिल र भयाभह परिस्थिति आउन नदिन केन्द्र, प्रदेश र स्थानीय सरकारका साथै स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मीहरु, सुरक्षा निकाय, सरोकारवाला निकाय लगायत आम सचेत नेपालीहरु सबै कोरोना महामारीको विरुद्धमा एक भएर लाग्नुपर्ने अवस्था आएको छ ।