मध्यपहाडी लोकमार्गको निसी खण्डमा कालोपत्रे


–आदर्श अनलाईन, बागलुङ

राष्ट्रिय गौरवको आयोजना मध्यको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ जिल्लामा पर्ने निसीखोला खण्डमा बन्दाबन्दीकै अवस्थामा धमाधम कालोपत्रे भइरहेको छ । जिल्लाको सुगम मानिने बागलुङ बजार देखि घोडाबाँधे सडक खण्डको २५ किलोमिटर कालोपत्रेमा ढिलाई भइरहेको अवस्थामा जिल्लाको अत्यन्तै दुर्गम मानिने निसोखालामा लोकमार्गको काम सामाजिक दुरी कायम गरी धमाधम भइरहेको लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

मध्यपहाडी लोकमार्गको निसी खोलामा पर्ने ४१ किलोमिटर सडक मध्ये गत वर्ष साढे चौध किलोमिटर सडक कालिका प्यासिफिक निर्माण सेवाले कालोपत्रे सम्पन्न गरिसकेको छ । अहिले ढोरपाटन नगरपालिका–२ शेरा बजार देखि निसीखोला–५वडाबन खोला सम्मको १७ किलोमिटर सडकमा बन्दाबन्दीमै १० किलोमिटर भन्दा बढी सडक कालोपत्रे भइसकेको मध्यपहाडी लोकमार्ग आयोजना पर्वतका प्रमुख आशिष थापाले जानकारी दिनुभयो । थापाले केही दिनमै ७ किलोमिटर कालोपत्रे समेत सम्पन्न हुँने जानकारी दिनुभयो ।

सरकारले राष्ट्रिय गौरवको आयोजनालाई बन्दाबन्दीमै निरन्तरता दिने भनेपछि जिल्ला प्रशासन कार्यालय बागलुङको सहजीकरणमा न्यूनतम स्वास्थ्य सर्तकता अपनाएर कालोपत्रेको काम भइरहेको लोकमार्ग आयोजनाले जनाएको छ । मौजुदा मजदुरलाई परिचालन गरी १७ किलोमिटर सडक खण्ड स्वच्छन्द शंकरमाली निर्माण कम्पनीले कालोपत्रे गरिरहेको छ । बन्दाबन्दी हुनुपूर्वनै कालोपत्रे गर्न शुरु गरेपनि कोरोना भाइरसका कारण दुईमहिनापछि कालोपत्रे भइरहेको छ । सरकारले हालै जारी गरेको बजेटमा समेत मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजनालाई उच्च प्राथमिकतामा राखेर तीन वर्ष भित्र सक्ने गरी बजेट बिनियोजन भएको छ ।

“हामीले सके सम्म असार मसान्त सम्म निसीखोला खण्डको सबै सडक कालोपत्रे गर्ने गरी काम अगाडी बढाएका थियौंैं” थापाले भन्नुभयो “निसीखोलाको उपल्लो खण्डमा काम प्रभावित भएपनि तल्लो खण्डमा अहिले धमाधम कालोपत्रे भइरहेको छ ।” बन्दाबन्दी खुलेमा असार मसान्त सम्म निसीखोला खण्डको ४१ किलोमिटर सडक कालोपत्रे गर्ने गरी निर्माण कार्यलाई अगाडी बढाएको लोकमार्गका साईड इन्जिनियर सरोज ढकालले बताउनुभयो ।

निसीखोलाको उपल्लोे खण्डमा समेत सामान्य ढंगले काम भइरहेको निसीखोलाको पातीहाल्ने देखि जाउले खण्डको साढे दश किलोमिटर सडक निर्माणको जिम्मा पाएको इसिआई कन्काई निर्माण सेवाले बताएको छ । मध्यपहाडी लोकमार्गको ४१ किलोटिर खण्डमा आयोजनाको मापडण्ड अनुसार सडक चौडा पार्ने काम सकिएको छ । असार मसान्त सम्म निसीखोला खण्डमा कालोपत्रेको काम सम्पन्न हुने देखिएपनी बन्दाबन्दीले असर पार्ने देखिएको छ । बागलुङ जिल्ला सदरमुकाम देखि बिँहु घोँडाबाँडे सम्मको २५ किलोमिटर सडक मध्ये उपल्लो खण्डमा समेत कालोपत्रेका लागि पूर्वाधार निर्माण भइरहेको छ भने तल्लो खण्डमा निर्माण कम्पनी सम्र्पकमा नरहेका कारण काम ठप्प रहेको छ ।

निर्माण सम्पन्न हुनुपर्ने लामो समय भइसक्दा समेत ठेकेदार कम्पनीको लापरबाहिका कारण बागलुङ बजारदेखि अछेते खण्डमा निर्माणले गति लिन सकेको छैन । मध्यपहाडी पाुष्पलाल लोकमार्गको बागलुङ खण्डमा पर्ने १४२ किलोमिटर सडक मध्ये ९० किलोमिटर सडक कालोपत्रे भई सकेको छ भने ५२ किलोमिटर सडक कालोपत्रे हुँन बाँकी रहेको छ । जस अन्र्तगत निसीखोला खण्डको ४१ किमि सडक असार मसान्त सम्म कालोपत्रे भएमा बागलुङ बजार देखि बिँहु घोडाबाधे सडकको २५ किलोमिटर सडक मात्र कालोपत्रे गर्न बाँकी रहनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *