ताराखोला गाउँपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग जुटाउदै

पूणर्भद्र निउरे,ताराखोला
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थिति र ताराखोला गाउँपालिकामा आइ पर्ने विपद व्यवस्थापनका प्रदेशमा रहेका ताराखोलाबासीले सहयोग संकलन अभियान सुरु गरेका छन् ।

कोरोनाका कारण भारत लगाएतका अन्य मुलुकबाट गाउँ फर्किने नागरिकहरुको संख्या बढिरहेको अवस्थामा क्वारेन्टिन व्यवस्थापन र अन्य आवश्यक कार्यका लागि ताराखोलाबाट रोजगारीको लागि जापान गएका व्यक्तिहरुबाट स्वच्छिक रुपमा सहयोग संकलन अभियान चलाइएको ताराखोला समाज जापानका संरक्षक नर बहादुर थापाले जानकारी दिनुभयो ।

विशेष गरि नरबहादुर थापा, तेज चालिसे, रामु चालिसे, विष्णु केसी, केदार थापा, बुद्धी थापा, गंगा घर्ती मगर लगायतको पहल र ताराखोला समाज जापानको सहकार्यमा अभियान चलाइएको बताइएको छ ।

हालसम्म करिब १० लाखभन्दा बढी संकलन भै सकेको र बोल भएको सबै रकम आइसकेपछि ताराखोला गाउँपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गरिने तेज चालिसेले बताउनुभयो ।

रोजगारिको सिलसिलामा विदेशमा रहे पनि आफ्नो जन्म ठाउँमा आइलागेको यस संकटमा सहयोग होस भनेर अभियान शुरु गरेको चालिसेले बताउनुभयो ।

अभियानलाई साथ दिदै जापानमा रहेका अधिकांश ताराखोला गाउँपालिका भित्रका व्यक्तीहरुले स्वच्छिक रुपमा सहयोग गरिरहेको ताराखोला समाज जापानका अध्यक्ष केदार थापाकोको भनाइ छ ।

छिट्टै नै गाउँपालिकाको विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्ने निणर्य भएकाले अभियानमा जोडिन छुट्ने नेपालीहरुलाई तत्काल सम्पर्कमा आई अभियानलाई साथ दिन ताराखोला समाज जापानले अपिल गरेको समाजका सचिव विष्णु कंडेलले जानकारी गराउनुभयो ।

कोरोना संकटलाई मात्र नभएर अन्य भईपरी आउने विपदमा पनि काम लागोस भन्ने उदेश्यले रकम संकलन गरेको ताराखोला समाज जापानको महासचिव बुद्धी थापाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *