अब पश्चिमका संक्रमित बुर्तिबाङमै, २५ बेडको आइसोलेसन तयार

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन तयार पछि ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली लगायत ।

हेम विश्वकर्मा, बुर्तिबाङ

आइतवार कोरोना संक्रमण पुष्टी भएका जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ५ का युवालाई प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङकै आइसोलेसनमा राखिएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै केन्द्रमा २५ बेडको आइसोलेसन कक्ष निर्माण गरिएको हो ।

ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीका अनुसार पुरुषका लागि २० बेड र महिलाका लागि ५ बेडको सुबिधा सम्पन्न आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

संक्रमितका लागि एट्याच बाथरुम, मनोरञ्जनका लागि टिभी र वाइफाइ समेत जडान गरिएको स्वास्थ्य केन्द्रका प्रमुख डा.मिलन मल्लले बताउनुभयो । आइसोलेसन तयार गर्नका लागि जनप्रतिनिधि, स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय लगायतले सघाएका थिए ।

केही दिनअघि पश्चिम बागलुङका ढोरपाटन नगरपालिका सहित तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका बीचको बैठकले ढोरपाटन नगरपालिका—१ बुर्तिबाङमा कोरोना संक्रमित बिरामीको उपचार र रेखदेखका लागि आइसोलेसन निर्माण गर्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *