गुडिरहेको जिपमा ढुंगा खस्यो, तीन घाइते

आदर्श अनलाइन/म्याग्दी
बेनी जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका ३ घुमाउने तालमा आइतबार दिउँसो गुडिरहेको जिपमा भीरबाट खसेको ढुंगा लागेर तीन यात्रु घाइते भएका छन् ।

जोमसोमदेखि बेनी आउँदै गरेको ग १ ज ७०६२ नम्बरको जिपमा खसेको ढुंगाले लागेर रुपन्देहीको देवदह नगरपालिका-५ का ७१ वर्षीय यामबहादुर विक, उनकी श्रीमती ६३ वर्षीया गंगी विक र बागलुंग नगरपालिका-३ का मनबहादुर थापा घाइते भएका छन् ।

घुमाउने ताल नजिकैको हिलो जमेको सडकमा गाडी पार गराउने क्रममा भीरबाट एक्‍कासी ढुंगा खसेको चालक शुशिल परियारले बताउनुभयो । घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको र उनीहरु सबै खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

यस्तै, मालिका गाउँपालिका-५ मा पहिरोले ताकमदेखि दरवाङ जाँदै गरेको लु २ च ७२०२ नम्बरको जिप बगाएको छ । गुडिरहेको अवस्थामा शनिबार साँझ एक्‍कासी आएको पहिरोसँगै जिप म्याग्दी नदीको किनारमा खसेको जिपका धनी महेन्द्र आचार्यले बताउनुभयो। चालक र यात्रुहरुले भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *