गलकोटमा गर्भवतिको हेलिकप्टर मार्फत उद्धार

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको गलकोट नगरपालिकामा आइतबार साँझ एक गर्भवतीकोे हेलिकप्टर मार्फत उद्दार गरी पोखरा पठाइएको छ ।

जिल्लाको गलकोट नगरपालिका-८ काँडेवास निवासी ३२ वर्षिया पार्वती हिस्ताङको पाठेघरको नलीमा शिशु बसेर जटिल समस्या देखिएका कारण तत्कालै उद्दार गरी पोखरा स्थित पश्चिमाञ्चल क्षत्रीय अस्पताल पोखरा पठाइएको गलकोट नगरपालिकाका विपत् व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष बिरजंग भण्डारीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सामाजिक मन्त्रालयको संयोजनमा गर्भवतीको प्रभु एयरको हेलिकप्टर मार्फत पोखरा पठाइएको हो । हिस्ताङको पाठेघरमा समस्या आएका कारण गलकोट स्थित आरोग्य अस्पतालमा उपचार हुँन नसक्दा पोखरा पठाइएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *