बडिगाडका शिक्षकले पालिकाको कोरोना कोषमा १० दिनको तलब दिने

कमल पौडेल,बागलुङ

जिल्लाको बडिगाड गाउँपालिकाका शिक्षकहरुले बडिगाड गाउँपालिकाको विपद् व्यवस्थापन राहत कोषमा १० दिन वरावरको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

गाउँपालिकाको आयोजनामा बडिगाड गाउँपालिका भित्रका शिक्षकहरुका पेशागत संघ संगठनका प्रमुख तथा प्रतिनिधिको संयुक्त छलफलबाट शिक्षकहरुले १० दिन बरावरको पारिश्रमिक कोरोना संकट सामनाका लागि गाउँपालिकाको कोषमा सहयोग गर्ने घोषणा गरेका हुन् ।

छलफलमा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णुप्रसाद भुसालले विपद्को बेला सवै एकजुट भएर सहयोगमा जुट्नुपर्ने बताउनुभयो । गाउँपालिका प्रमुख मेहरसिंह पाइजाले पालिका भित्रको सवै तहतप्कालाई सहयोगको लागि आह्वान गर्दै शिक्षकहरुले गाउँपालिकाको कोरोना विरुद्धको अभियानमा साथ दिन आग्रह गर्नुभयो। पाइजाले अहिले गाउँपालिका संकटमा परेको भन्दै समाजको बौद्धिक वर्ग शिक्षकहरुले आवश्यक सुझाव सल्लाह सहित सचेत भुमिका निर्वाह गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाल शिक्षक संघ गण्डकी प्रदेशका महासचिव सागर खरेल, एकिकृत शिक्षक संगठन बागलुङका जिल्ला अध्यक्ष जितबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका बडिगाडका सचिव यज्ञदत्त घिमिरे, शिक्षक संघ बडिगाडका अध्यक्ष दिननाथ पौडेल, अखिल नेपाल शिक्षक संघ बडिगाडका अध्यक्ष शिवलाल बन, भानु माविका प्रधानाध्यापक केशव खरेल, त्रिभुवन माविका प्रधानाध्यापक ढालमणि भण्डारी, कञ्चनापुर आधारभुत विद्यालयका प्रधानाध्यापक पुनराम गिरि लगाएत शिक्षकहरुले गाउँपालिकाको अहिले गरिरहेको क्वारेन्टाइन व्यवस्थापन, स्वास्थ्य जाँचको विषयमा प्रशंसा गर्दै शिक्षकहरुको तर्फवाट गर्न सक्ने सबै खालको सहयोग र भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेल, बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी लगायतले कोरोना कहरको सन्दर्भमा आफm्ना भनाई राख्नु भएको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता तथा पत्रकार कमल पौडेलको सहजीकरणमा सम्पन्न भएको थियो ।

यसैबीच, कञ्चनापुर आधारभुत विद्यालय बडिगाड गाउँपालिका वडा नं. ३ तारञ्जाका प्रधानाध्यापक पुनाराम गिरिले गाउँपालिकाको राहत कोषमा १० हजार वढिको खाद्यान्न सहयोग गर्नुभएको छ ।

गाउँपालिका भरका शिक्षकहरुको १० दिनदिनको पारिश्रमिक बाहेक थप १० हजार वढिको खाद्यान्न सहयोग गर्नुभएको हो। यो संकटको बेला सवैले सहयोग गर्नुपर्ने बेला भएको भन्दै गिरिले चामल, तेल, दाल सहित सहयोग गर्नुभएको हो। बडिगाड गाउँपालिकामा स्थानियहरुले नगद तथा खाद्य सामाग्रि सहयोग गर्दै आइरहेका छन्। गाउँपालिकाले गाउँपालिका भित्र ७ स्थानमा क्वारेन्टाइन व्यवस्थापन गरि ३ सय ७५ जनालाई राखेको छ भने पाँच दिनमा पिसिआर र १४ दिनमा आरडिटि परिक्षण गरि होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाउने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *