बागलुङका सङ्क्रमित काेराेना जित्दै, ४ जनाकाे दाेस्राे रिपार्ट नेगेटिभ

बागलुङ
बागलुङका ४ कोरोना संक्रमितको दास्रो रिपार्ट नेगेटिभ आएको छ ।

धौलागिरी अञ्चल अस्पतालको आइशोलेसनमा रहेका ४ जनाको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको हो ।

जेठ १४ गते कोरोना संक्रमण पुष्टि भएका ६ जनामध्ये २ जनाको पोजेटिभ आएको छ । बडिगाड गाउँपालिकाका १९ र २० वर्षीय पुरुष र तमानखोला गाउँपालिकाका दुई जना २७ वर्षीय पुरुषको दोस्रो पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो । .

तमानखोला गाउँपालिकाका २१ वर्षीय दुई जना पुरुषको दोस्रो पटक पनि रिपोर्ट पोजेटिभ आएको पोखरेलको भनाई छ । उनीहरुको अझै एक पटक पिसिआर परीक्षणको रिपार्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने पोखरेलको उहाँको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *