रुद्रेपिपलमा विद्यालय भवन शिलान्यास

आदर्श अनलाइन/बागलुङ
२०७२ सालको भुकम्पले क्षति पु¥याएको बागलुङ जिल्ला सदरमुकाममा रहेको रुद्रेपिपल माध्यामिक विद्यालयको चारकोठे भवनको आइतवार शिलान्यास गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यस वर्ष बागलुङ जिल्लामा पुनःनिर्माण गर्ने ३८ विद्यालय मध्येको एक रुद्रेपिपल माध्यामिक विद्यालयको भवन निर्माण शुरु गरिएको हो ।

विद्यालय भवनको संघीय सांसद डा. सुर्य पाठकले शिलान्यास गर्नुभयो । शिलान्यास पछि बोल्दै सांसद पाठकले विद्यालयको शैक्षिक गुणस्तरका लागि भौतिक संरचना महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालय अन्र्तगतको अब्बल विद्यालयका रुपमा विकास भईरहेको यस विद्यालयलाई थप शैक्षिक गुणस्तर वृद्धिका लागि आफूले सहयोग गर्ने बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई शिक्षाको रु. ७० लाख ४० हजार लागतमा चार कोठे भुकम्प प्रतिरोधी भवन निर्माण थालिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाइ शिक्षाका कार्यालय प्रमुख मोतिलाल चपाईले बताउनुभयो ।

भुकम्पले क्षति पु¥याएको यस विद्यालयमा भवन निर्माणसंगै पठन पाठनमा सहज हुने विद्यालयका प्रधानध्यापक राजेश श्रेष्ठले बताउनुभयो । जिल्ला सदरमुकामा रहेका निजि विद्यालयसंग प्रतिस्प्रधा गर्दै अगाडि बढेको यस विद्यालय जिल्लाकै नमूना सामुदायिक विद्यालय अन्र्तगत पर्दछ । सामुदायिक विद्यालयमा विद्यार्थी संंख्या घट्दै गइरहेको सन्र्दभमा यस विद्यालयमा भर्ना हुनका लागि प्रवेश परिक्षा समेत पाश गर्नुपर्ने अवस्था रहेको छ । वालकक्षा देखि १० कक्षा सम्म विद्यालयमा ६ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

शिलान्यास भएको विद्यालय भवन अपाङ्गमैत्री हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाइ शिक्षाका इञ्जिनियर नविनकुमार सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार विद्यालयको उक्त भवन माघ मसान्त भित्र पुनःनिर्माण भइसक्ने जानकारी दिनुभयो । यो आर्थिक वर्षको पहिलो चरणमा ४० विद्यालय पुनःनिर्माण सम्पन्न भई अहिले ३८ विद्यालय र २५ शौचालय निर्माण थालिएको पुनःनिर्माण प्राधिकरणले जनाएको छ । बागलुङ जिल्लामा भुकम्पले क्षति पु¥याको २१० विद्यालय मध्ये १८० विद्यालयमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाइले पुनःनिर्माणले सहयोग गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *