जातीय छुवाछुत अन्त्यमा ‘बाह्मण’को आवाज !

बिज्ञान शर्मा, पर्वत
जातीय विभेदको अन्त्य गर्नुपर्छ, र यो सम्भब छ । नेपालको इतिहासमा हेर्ने हो भने विभिन्न पुराणमा जातको विभाजन गरिएको देखिन्छ । उक्त पुराणहरूमा गरिएको विभाजन जातलाई थरको रुपमा नभई कर्मको आधारमा गरिएको पाइन्छ । उदाहरणका लागि जुनसुकै मानव जन्मदा शुद्ध रुपमा जन्मिएको हुन्छ तर त्यही बच्चाको उमेर बढ्दै जाँदा कामको आधारमा उपल्लो र तल्लो जातमा सामाजिक रुपमा बिभाजित भएको पाइन्छ ।

यसका साथ साथै समय काल बित्दै जाँदा राजा जयस्थिति मल्लले सबै जनालाई राखी जनताको कामको रुची र सीपलाई हेरेर श्रम विभाजन गरी जातको आधारमा कामको बाँडफाड गरेका थिए । सोही अनुसार चल्दै आजका दिनसम्म आउँदै गर्दा जातले प्राथमिकता पाएको देखिन्छ ।

अहिले हामी ताजै खबर सुन्यौ की अर्घाखाँचीको क्वारेन्टिनमा बसेका पण्डितले कुनै दलित वर्गका मानिसहरूले छोएको खाए भने मेरो मृत्यु हुन्छ भनेका थिए । यो कति हास्यास्पद कुरा ? पण्डित ज्यू, म पनि ब्राह्मण समुदायकै बंशज हुँ । र मेरा प्राय साथीहरु दलित समुदायका छन् । म उनीहरूको घरमा बसेको छु,उनीहरू संगै खाना खाएको छु । खोइ म मरेको छैन । मलाई त केही हुँदैन त ?

माथि उल्लेखित कुरा हेर्दा हाम्रो समाजमा परम्परा, सँस्कार, कर्म लगायतका विभिन्न किसिमबाट विभेद भएको छ । यस्तो विभेदलाई कसरी अन्त्य गर्ने भन्ने सम्बन्धमा राज्यले निर्माण गरेका विभिन्न प्रकारका ऐन कानुन पनि छ । तर, जातिय बिभेद समाजमा गहिरोसँग जरा गाडेर बसेको छ । यसलाई निम्न कुराबाट अन्य गर्न सकिने म सम्भावना देख्छु ।

१. अहिलेको २१ औं शताब्दीमा पनि नेपालमा जातिय छुवाछुत मुक्त नसक्नु, नेपाली जनताहरुमा लज्जास्पद कुरा हो । यसको अन्त्यका लागि शुरुवात हामीहरु आफैबाट गर्न जरुरी छ ।

२. यो कुनै एक जात बिशेषको समस्या होइन, हामी सबैको समाज र देशको साझा समस्या र सरोकारको बिषय हो भन्ने बोध गर्न जरुरी छ ।

३. दलित समुदायमा रहेको आ–आफ्नो विभेदलाई आफैं हटाएर आगाडी बढ्नु पर्दछ, उदाहरण (बिश्वकर्माले सार्की दामाई बीच गर्ने बिभेद पनि हटाउन आवश्यक छ )

४. दलित समुदायका मानिसहरूले आँफु आत्मनिर्भर भएर परनिर्भर हुने प्रवृत्तिबाट जोगिनु पर्छ ।

५. युवायुवतिहरुले पुराना रुढीवादी प्रथालाई छोडी आजको युगमा सबै समान हुन् र सबैलाई साथमा लिएर जानुपर्छ भन्ने भावनाको विकास गर्नुपर्दछ ।

६. जातीय छुवाछुत बिरुद्ध लड्न मानसिक रुपमै तयार हुनुपर्छ । उच्च मनोबल र विश्वासका साथ लाग्नुपर्दछ ।

मेरो पुर्खाको कामको आधारमा राखिएको मेरो जात म ‘बाहुन’ले यति कुरा राख्न मन लाग्यो । चिन्तन मनन गर्ने नगर्ने बाँकी यहाँहरुको मर्जी । तर, देशको समानता, ऐन, कानुन थाहा छैन, जान्दिन, बुझ्दिन भनेर विभेद गर्न चाँही पाइदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *