बागलुङ कमाण्ड पोष्ट : निर्णय गर्ने काम नगर्ने ! संक्रमितलाई सकस

–जैमिनी र गलकोट नगरपालिकामा अझै अलमल
–जैमिनीमा आइसोलेसन नबन्दा बरेङलाई सास्ती
–निसीखोलाका ३ संक्रमित भने बुर्तिबाङमा


डम्मर बुढा मगर, बागलुङ

जिल्लामा मंगलबार पनि ११ जना कोरोना संक्रमित थपिए । एकाविहानै ११ जना थपिएसँगै जिल्लामा संक्रमितको संख्या ४० पुग्यो । जसमध्ये २ जना निको भएर घर फर्किसकेका छन् । २७ जना धौलागिरी अस्पताल, धौलागिरी बहुमुखी क्याम्पस र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा छन् ।

मंगलबार थपिएका ११ जना मध्ये निसीखोला गाउँपालिकाका ३ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको छ । जैमिनीमा वैकल्पिक आइसोलेसनमा राख्ने योजना बनाइएको बरेङ गाउँपालिकाका ८ जना भने घण्टौको अन्यौलता र सकसका बीच धौलागिरी बहुमुखी क्याम्पसमा ल्याइदैछ ।

यो बेला अरु बेला जस्तो होइन । बेला छ, गर्दै गरौला भन्ने छुट पनि छैन । यो जटिल मानव जीवनकै कठिन संकटमा सही समयमा सरोरकारवाला निकायले सही कदम चाल्न नसक्दा नागरिकले सास्ती र सकस मात्रै पाउने होइन । ज्यान नै जाने जोखिम र संक्रमण फैलिने सम्भावना पनि उस्तै बढि हुन्छ । जिल्ला कमाण्ड पोष्ट बागलुङले जिल्लाको सम्भावित जोखिमलाई ध्यानमा राखेर केही दिन अगाडी जिल्लाका ४ स्थानमा ८६ बेडको प्रि–आइसोलेसन तयार गर्ने समय सापेक्ष निर्णय गरेको थियो । तर, त्यसको कार्यान्वयनमा भने अझै अन्यौलता र अलमल देखिएको छ । स्थानीय सरकार र कमाण्ड पोस्टबीच समेत केहि बुझाई र काममा मतभेद देखिएको छ । यो संकटको घडीमा यस्तो बिषयलाई प्रमुख जिल्ला अधिकारी र जनप्रतिधिले समयमै यथोचित समन्वय र समाधान गर्नुपर्ने देखिएको छ ।

कमाण्ड पोष्टको बैठकले निर्णय गरे अनुसार निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाका लागि बुर्तिबाङमा २० बेडको, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाको लागि धौलागिरी क्याम्पसमा २६, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको हटियामा २० बेडको र जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको लागि जैमिनीमा २० बेडको प्रि–आसोलेसन बनाउने भनिएको थियो ।

तर, क्याम्पस र बुर्तिबाङ बाहेक अन्य स्थानमा तयारी नहुँदा बरेङ गाउँपालिकाका सबै संक्रमित जिल्ला सदरमुकामनै ल्याउनु पर्ने बाध्यता देखिएको छ । मंगलबार विहान कोरोना संक्रमण पुष्टि भएका बरेङका ८ जनालाई बागलुङ बजारनै ल्याउनु पर्ने भएपछि एम्बुलेन्सदेखि अरु व्यवस्थापनमा पनि गाउँपालिकालाई सकस भएको छ ।

जैमिनी र गलकोटमा अझै अलमल
जिल्ला कमाण्ड पोष्टले केही दिन अगाडी जिल्लाका ४ पालिकामा प्रि–आइसोलेसन बनाउने निर्णय ग¥यो । सोही अनुरुप बुर्तिबाङ, बागलुङ, गलकोट र जैमिनीमा निर्माण गरिने कुरा भयो ।

बुर्तिबाङमा पश्चिमका ४ पालिकाका तदारुकताका साथ लागेर २० बेडको प्रि–आइसोलेसन बनाउनु पर्नेमा २५ बेड नै तयार गरेका छन् र धौलागिरी क्याम्पसमा पनि आइसोलेसन बनाइएको छ ।
तर, जैमिनीमा दुई पालिकाको लागि प्रि–आइसोलेसन निर्माण गर्ने भनिए पनि अझै कहाँ बनाउने भन्नेमा अन्यौल छ । स्थानीय जैमिनी नगर पनि पालिकामै आइसोलेसन बनाउने पक्षमा दृढ देखिएको छैन । आइसोलेसन निर्माणका लागि अझै सम्म कुन स्थानमा बनाउने भन्ने टुङ्गो नै नलागेको स्वास्थ्य कार्यालय बागलुङ प्रमुख सुरज गरौले बताउनुभयो ।

उहाँले यसका लागि छलफल र निश्चित ठाउँको खोजि भइरहेको बताउनुभयो । गलकोटमा पनि अझैसम्म निर्माण नभएको उहाँको भनाई छ । प्रमुख गुरौले अन्य स्थानमा प्रि–आइसोलेसन नबन्दा सम्म बागलुङ बजारमै ल्याउनु पर्ने अवस्था रहेको बताउनुभयो ।

जैमिनीमा आइसोलेसन नबन्दा बरेङलाई सास्ती
कमाण्ड पोष्टको बैठकले निर्णय गरे अनुसारको काम गर्न नसक्दा दुर्गम ठाउँबाट कोरोना संक्रमितलाई जिल्लामै ल्याउनु पर्ने बाध्यात्मक अवस्था देखिएको छ । संक्रमितलाई बागलुङ ल्याउनको लागि गाडीको व्यवस्थापन गरि उनीहरु बसेको क्वारेन्टिनमा पुगेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । संक्रमण पुष्टि भएका तीन वटा वडाका फरक फरक थिए ।

संक्रमितलाई बोक्नको लागि गाउँपालिकाले एउटा गाडी भाडामा लिएर तयारी अवस्थामा राखिरहेको भन्दै टाढा–टाढाका क्वारेन्टिनमा बसेका अरुलाई संक्रमण भएपछि उनीहरुलाई ल्याउन केही समय ढिला भएको अध्यक्ष शर्माको भनाई छ । जैमिनीमा भएको भए बागलुङ ल्याउनु भन्दा भौगोलिक दूरीका हिसाबले सहज हुने र पु¥याउन सकिने बताउनुभयो । संक्रमितलाई बागलुङनै पु¥याउनु पर्ने भएपछि केही कठिनाई भएको उहाँको भनाई छ । ‘जैमिनीमै भएको भए हामीलाई थोरै भए पनि सहज हुने थियो, बागलुङनै पु¥याउनु पर्दा थप जटिलता हुन्छ,’ उहाँले भन्नुभयो ‘मंगलबार संक्रमण पुष्टि भएकाहरु फरक–फरक क्वारेन्टिनका हुँदा उनीहरुलाई व्यवस्थापन गर्न केही ढिलाइ र अरु समस्या समेत भएको छ ।’

निसीखोलाका ३ संक्रमित भने बुर्तिबाङमा
मंगलबार कोरोना पुष्टि भएका निसीखोला गाउँपालिकाका ३ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ । चार पालिकाको सक्रियतामा प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माण भएको प्रि–आइसोलेसनमा २५ बेड तयार भएको छ । जहाँ हाल ४ जनालाई राखिएको छ ।

सोमबार कोरोना संक्रमण पुष्टि भएका ढोरपाटन नगरपालिकाका १ जना र मंगलबार पुष्टि भएका निसीखोलाका ३ जना अहिले केन्द्रको आइसोलेसनमा छन् । निसीखोला गाउँपालिकाले यसभन्दा अगाडीका संक्रमितलाई निकै कठिनाईका साथ बागलुङ ल्याएको थियो ।

अहिले बुर्तिबाङमा प्रि–आइसोलेसन तयार भएपछि केही सहजता भएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । उहाँले बागलुङ पु¥याउन पश्चिमका चारै पालिकालाई चुनौतिपूर्ण हुने भन्दै बुर्तिबाङ २५ वेडको प्रि–आइसोलेसन अपरिहार्य भएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *