बागलुङ नगरपालिकाको कोरोना कोषमा सिवाईसी सञ्जालको ६० हजार सहयोग

बागलुङ
जिल्ला स्थित चारतारे युवा क्लव, सिवाईसी नेपाल, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले मंगलबार बागलुङ नगरपालीकालाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

विश्व नै कोरोना भाइरस (कोभिड १९) संग लडिरहेको समयमा संस्थाहरुले संयुक्त रुपमा नगरपालीकाले स्थापना गरेको कोरोना भाइरस सक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई रु. ६० हजार आर्थिक सहयोग उपलब्ध गरएका हुन् । जसमा चारतारे युवा क्लव सिवाईसी नेपालको तर्फबाट रु १० हजार र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको तर्फबाट २५ र सिवाईसी साकोसको तर्फबाट २५ हजार उपलब्ध गराएको संस्थाहरुले जानकारी दिएका छन् ।

सहयोग रकम सिवाईसीका अध्यक्ष चण्डिप्रसाद शर्मा पोडेलले नगरप्रमुख जनकराज पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणका क्रममा नगरप्रमुख पौडेलले महामारीको सामाना गर्नका लागि सिवाईसीले नगरपालीकालाई गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै सहयोगको सहि सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड १९) को प्रभावले नेपालमा पनी सरकारले महिनौदेखि निरन्तर लकडाउन गरिरहेको छ । लकडाउनका कारणले गरीवीको रेखामुनी रहेका यस क्षेत्रका गरीव, विपन्न, अशक्त र पछि परे पारिएका परिवारलाई राहात होस भन्ने उद्देश्यले नगरपालिकाले सञ्चालन गरेको कोषमा संस्थाहरुले उक्त रकम हस्तान्तरण गरेको अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले हस्तान्तरणका क्रममा बताउनु भयो ।

संस्थाहरुले समुदाय प्रतिको उत्तरदायीत्वलाई ध्यानमा राखी हालसम्म सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्नो कार्यक्षेत्रका पालीकाहरुमा ३ लाख १० हजार र सिवाईसी साकोसले बागलुङ जिल्लाका नगरपालीकाहरुमा २५ हजार र गाउँपालीकामा २० हजार गरी २ लाख २० हजार गरी ५ लाख ३० हजार कोरोना भाइरस सक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराईसकिएको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले बताउनु भयो ।

हस्तान्तरण कार्यक्रममा सिवाईसी साकोसका सल्लाहाकार शकुन्तला शर्मा, सिवाईसीका संस्थापक सीता शर्मा, कोषाध्यक्ष सीता सापकोटा, सहसचिव सुवास आचार्य, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी प्रवन्धक संगिता शर्मा पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

यससंगै संस्थाहरुले लकडाउनका कारण आफ्ना सदस्यहरुलाई पर्न गएको असरलाई न्यूनिकरण गर्न बैशाख देखि आषाढ मसान्त सम्मको लागि ऋणमा लिदै आएको ब्याजदरमा छुट दिने व्यवस्था मिलाएको समेत जानकारी दिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *