अब १४ दिन पुगे पोजेटिभ देखिएका पनि डिस्चार्ज,चार जना घर जाँदै

आदर्श अनलाइन, बागलुङ

कोरोना संक्रमण भएर धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना भएका चार जना बुधवार डिस्चार्ज हुने भएका छन् ।

गत जेठ १४ गते कोरोना संक्रमण पुष्टि भएका जिल्लाको तमानखोला गाउँपालिकाका दुई र बडिगाड गाउँपालिकाका दुई जनालाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

चार जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको थियो । यसअघि दोस्रो रिपोर्ट पनि नेगेटिभ आएमा मात्र डिस्चार्ज गर्ने गरिएकोमा नयाँ निर्देशिका अनुसार लक्षण नदिएको हकमा १४ दिनमा स्वतः डिस्चार्ज गरेर घर पठाइने अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले आदर्श अनलाइनलाई जानकारी दिए । यद्यपी विश्व स्वास्थ्य संगठनको पछिल्लो मापदण्ड र नेपाल सरकारको पछिल्लो निर्देशन समेत कोरोना संक्रमण पुष्टि भए पनि कुनै लक्षण नभए १४ दिन राखेर डिस्चार्ज गर्ने सर्कुलर अनुसार अब घर पठाइने गौतमले बताए । ‘अब पहिले जस्तो संक्रमित घर फर्कन पटक पटक पीसीआर परीक्षण गर्नुपर्दैन,’ सूचना अधिकारी गौतमले भने, ‘आइसोलेसन बसेको १४ दिनमा कुनै लक्षण नदेखिए शुरुमा पोजेटिभ देखिएकाहरुलाई पनि घर पठाउने निर्देशन छ, सोही अनुसार संक्रमितलाई डिस्चार्ज गरिनेछ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *