तमान र बडिगाडका ४ जना कोरोना जितेर घर फर्किए

डम्मर बुढा मगर, बागलुङ
तमानखोला र बडिगाडका ४ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् ।

भारतबाट आएका उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि गत १४ गते धौलागिरी अस्पतालको आइशोलेसनमा राखिएको थियो ।

उनीहरुको दोस्रो पटकको कोरोना रिपोर्ट नेगेटिभ आएको र नयाँ आइशोलेसन निर्देशिका अनुसार १४ दिन पुगेपछि डिस्चार्ज गरिने भएकोले उनीहरुलाई घर पठाइएको अस्पतालका सुचना अधिकारी तिर्थराज गौतमले बताउनुभयो ।

उहाँले १४ दिनसम्म केही लक्षण नदेखिए निर्देशिका अनुसार परीक्षण नगरी उनीहरुलाई डिस्चार्ज गरिने भन्दै उनीहरुसँगै आएका २ जनलाई केही दिनमा घर पठाइने उहाँको भनाई छ ।

बुधबार तमानखोला गाउँपालिका वडा नम्बर ३ का २ जना र बडिगाड गाउँपालिका वडा नम्बर ६ र ७ का २ जना डिस्चार्ज भएर घर फर्किएका हुन् । घर फर्किएका चारै जनालाई अझै केही समय होम क्वारेन्टाइनमा बस्न लगाइएको छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले उनीहरुलाई केही समय सुरक्षित रुपमा होम क्वारेन्टिनमा राख्ने बताउनुभयो ।

उहाँले नेपाल सरकारको गाइडलाइन अनुसार ग्रामीण क्षेत्रमा केही चुनौति रहेको भन्दै चुनौतिका बाबजुत पनि उनीहरुको सुरक्षा र संक्रमण फैलिन नदिनको लागि त्यस किसिमको व्यवस्थाप गरिरहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *