जीवन शाक्य
हामीले स्वास्थ्यका लागि होइन, स्वादका लागि भरसक मिठो खाईरहेका छौं । चाहिने भन्दा बढि खराब चिल्लो पदार्थ भएको, बढि मासुजन्य वा सुख्खा गेडागुडी, अण्डा धेरै खाना खादाँ सजिलै नपच्ने, पचाउन कठिन हुने, पेटमा सड्ने, कुहिने भई अनेक थरि रोग लागेर बिरामी भइरहेका छौ ।
अकालमा मृत्युवरण गरिरहेका छौ । खाना स्वास्थ्यको लागि खानुपर्दछ, स्वादको लागि होइन भन्ने कुरो स्पष्ट सँग बुझ्नु जरुरी छ । स्वादको लागि हामीले अनावश्यक बढि खराब चिल्लो पदार्थ राखिएको खाना खाइरहेका छौं । माछा, मासु, दुध, दहि, अण्डाका साथै नशा लाग्ने रक्सी या मादक पदार्थ, चिसो पेय पदार्थहरु, चिया कफी पनि खाइरहेका हुन्छौं । स्वास्थ्यको ख्यालै नगरेर सुरक्षित होस् नहोस् चिसो तातो र भोक लागेको होस् नहोस् एक पटक खाना खाजा खाएको ४ घण्टा भन्दा कम समय भित्रै खाइरहेका छौं । त्यसैले झाडापखाला, आउँ, जुका, निमोनिया, घाँटी दुख्ने, बढि रुघाखोकी जन्य रोग आदिवाट पीडित भइरहेका छौं भने युवा अवस्था देखिनै उच्च रक्तचाप, मुटु रोग, चिनी रोग, क्यान्सर, मृगौलाजन्य खतरा रोगहरु, कलेजोका घातक रोगहरु, थाइराइड रोगहरुबाट पीडित भई अकालमा मर्ने गरिराखेका छौं । भोक लाग्दा सुरक्षित र ठिक समयमा मौसम अनुसार खाना बिस्तारै चपाएर खाँदा मात्र राम्ररी पच्ने र शरिरमा पोष लाग्ने हुन्छ र हामी स्वस्थ बन्न सक्छौं ।
सुरक्षित खानानै किन ?
खाना स्वादको लागि मनपरी खादाँ नपच्ने भएर, पेटमा सडेर जादाँ शरिरको स्वास्थ्य जोगाउने, आन्द्रामा हुने पातलो झिल्लीको तह नष्ट भई रोगका जिवाणुहरु, खराब चिल्लो पदार्थहरु अनावश्यक तत्वहरु (¥याडिकल) सजिलै आन्द्राबाट शोशिएर कलेजोको बाटो हँुदै मुटु र पछि सबै शरिरमा पुग्छ । जसले रोग लाग्ने गराउनुका साथै खराब तत्वका मात्रा शरिरमा बढेर गए पछि उच्च रक्तचाप, चिनी रोग, मुटु रोग, क्यान्सर, कलेजोजन्य, मृगौलाजन्य र थाइराइड लगायतका धेरै रोगहरु लाग्ने हुन्छ । फलतः हामी रोगी बिरामी भएर एक्कासी अप्रेशन गर्नुपर्ने, अकालमा मर्ने लगायत लामो वा छोटो समयको लागि औषधि खानुपर्ने भएको छ । हाम्रो समाजमा कोहि पुड्को, कोहि अल्को, कोहि धेरै मोटोघाटो, कोहि धेरै दुब्लो पातलो वा ठिक्क मोटो, कसैको कतै गाँठ वा मासु पलाएको, कसैको वढी पेट निस्केको कोही कालो, शरिरमा दादहरु आएको कसैको जोर्नी दुख्ने, कसैलाई के दुख्ने सर्किने, कोहि मानसिक रुपमा अपांग फरक क्षमताको लाटो गाँडो देख्छौ भने यो पनि खानाकै कारणले हो । त्यसैले सुरक्षित खाना सुरक्षित मात्रामा ठिक समयमा भोक लागेको बेलामा खानु पर्छ भन्ने हो । फलफुलहरु, सलाडहरु छिटो पच्ने भएकाले यसले शरिर बचाउने झिल्लीलाई केहि हानी नोक्सानी गर्दैन । तर, शरिर मोटाउने बढाउने प्रोटिन खाना गेडागुडी, दाल, माछा, मासु, अण्डा, दुध, दहि र चिल्लो पदार्थहरु ढिलो पच्ने भएकोले ठिक्क मात्रामा खानु पर्छ र मिलाएर खानु आवश्यक हुन्छ होइन भने आन्द्रामा सड्ने कुहिने भएर झिल्ली नष्ट गरि शरिरमा रोग निम्त्याउने हुन्छ ।
सुरक्षित खाना के हो ? कहिले खाने ? कसरी खाने ?
फलफूल रासायनिक पदार्थहरु नराखिएको स्थानीय उत्पादनको त्यसै हरियो सागपातहरु, सलाड, टुसा उमारिएको गेडागुडीहरु, जसमा पानीको मात्रा चाहिने मात्रामा हुन्छ । र सजिलै पच्ने खानाको तत्व हुन्छ, सबै सुरक्षित खाना हुन । सुख्खा फलफुलहरुः छोकडा,काजु पिष्टा वदाम, किसमिस, दाँटे ओखर पनि सुरक्षित खाना भित्र पर्छ । तरुल भ्याकुर, आलु पिडालु अन्नजन्य मिलमा नपिनेको खाने कुराहरु सबै सुरक्षित खाना नै हुन् । फलफूलहरु, फलफुलको जुस, सलाड र हरियो सागपातहरु सफा धोएर विहान खानु उत्तम हुन्छ । जसले तुरुन्तै शक्ति दिन्छ र सजिलै पच्छ पनि । त्यस्तै सलाडहरुः गाजर, मुला, पहिला ब्रोकाउली बोडी, हरियो केराउ वा टुसा उमारिएको गेडागुडीहरु पनि विहान नास्ताको रुपमा खानु फाइदाजनक हुन्छ । त्यसपछि विहानको खाना कम्तिमा ११ बजेपछि अन्नको खाना खाँदा अन्न, दाल,सागपात वा तरकारी खानुपर्छ । तर, ठिक मात्रामा खाना आवश्यक चार भागको तीन भाग मात्रै । विहानको खाना खाएको कम्तिमा ४,५ घण्टा पछि नास्तामा फलफुल वा टुसा उमारिएको गेडागुडी वा अन्नको रोटीहरु ठीक्क मात्रामा खानु पर्छ । खाजामा सुख्खा फलफुलहरु पनि खान सकिन्छ । यसरी खादाँ धेरै थरि एकै पटक खानु उचित हुदैन । गुलिया शक्ति दिने खानेकुराहरु छिटो पच्ने खालको हुन्छ भने शरिर बढ्ने मोटाउने खानेकुराहरु पेटको रसले पच्ने भएकोले ढिलो पच्ने हुन्छ । त्यसैले पहिला छिट्टै पच्ने खानेकुरा खानु पर्छ । चिल्लो पदार्थहरु पित्तको रसको सहयोगले पच्ने भएकोले झन् ढिलो पच्ने हुन्छ र पित्त वा कलेजोको रोगीहरुले पचाउनै नसक्ने हुन्छ । खाना खादाँ विस्तारै चपाएर स्वाद लिएर खाने गर्नु पर्दछ । खाना नास्तासँग चिसो पेय पदार्थहरु, नशा लाग्ने मादक पदार्थहरु सँगै खादाँ नपच्ने हुन्छ । अतः यसरी खानु हुँदैन । बासी, सडे गलेको र फलफुल तरकारी तातोपानीले राम्ररी धोएर मात्र खानु सुरक्षित हुन्छ । फ्रिजमा राखेको खाना, घरिघरी तताएर खादाँ स्वाद नमिठो हुनुका साथै खाना पनि विषालु बन्न जान्छ । खाना खाइ सकेर फलफुल पछि खानु पनि फाइदा जनक हुदैन । त्यस्तै एक पटकको खानामा धेरै थरिको खानु पनि पच्न कठिन हुन्छ । रिसाएको, चिन्ता परेको उदास, मन नरमाइलो भएको अवस्थामा पनि पचाउने शक्ति कम हुने भएकोले खुशी अवस्थामा स्वाद लिएर खानु पर्छ । र ठीक ठीक समयमा खाएको हुनु पर्छ । यसको लागि ब्यायाम प्रणायाम वा ध्यान पछिको अवस्थामा मात्रै खानु सुरक्षित र स्वस्थकर हुन्छ ।
सुख्खा तयार गरिएका गेडागुडीहरु, दाल, माछा, मासु, अण्डा, दुध, दहिमा अनावश्यक बढी चिल्लो हुने पचाउन नसक्ने तत्वहरु बढी हुने हुदाँ सुरक्षित खाना भित्र पर्दैनन् । गेडागुडीहरु, दाल पानीमा राखेर टुसा उमारेर मात्र खानु पर्छ । माछा, मासु अनावश्यक बढि चिल्लोका साथै पचाउन धेरै समय लाग्ने र पेटमा सड्ने कुहिने भई शरिरको स्वास्थ्य रक्षा गर्ने झिल्लीको तह नष्ट गर्ने भएकोले यसमा डर त्रास, रिस रागका अनेक रसायनहरु हुने भएकाले सुरक्षित मान्न आध्यात्मिक क्षेत्रमा लागेका सन्त ऋषिमुनीहरु केहि चिकित्सकहरु तयार छैनन् । त्यस्तै, दुध दहिमा पनि अनावश्यक बढी चिल्लो पदार्थ भएकोले पानी हालेर वा थोरै मात्रामा खानु मात्रै स्वास्थ्यको लागि सुरक्षित हुन्छ । तर, शिशुहरुको लागि भने आमाको दुध अमृत समान सबै पौष्टिक तत्वहरु ठीक मात्रामा हुन्छ । जनावरको दुध मान्छेको लागि चाहिने भन्दा बढी खराब तत्वहरु हुने भएकोले बढि पानी हालेर खानु वा नखानु नै हितकर हुन्छ । यस्तै मिलमा पिनेर वा औद्योगिक रुपमा तयार पारिएका रिफायन टेल, घ्यू तताएर यसमा तयार पारिएका प्रायः बिस्कुट, दालमोठ, दुधजन्य पदार्थबाट तयार गरिएका खानेकुराहरु पनि त्यति सुरक्षित छैनन् । गहुँको मसिनो गरि पिनेको मैदाजन्यबाट तयार गरिएका पाउरोटीहरु, डुनोटहरु पनि प्रायः बढी अम्लियपन जगाउने खानाहरु भएकोले र केहिलाई नपच्ने पदार्थ हुने भएकोले असुरक्षित खाना भित्र पर्दछ । चिल्लो राखिएको खानाहरु जुन घरिघरी तताएर खाइन्छ झन् बढी खराब चिल्लोमा परिणत हुने भएकाले असुरक्षित खाना भित्र पर्दछन् ।
दैनिक कति खाने ?
अन्नजन्य खाना भरसक मिलमा नकुटेको खानु मात्रै पोषिलो हुन्छ । र ५ सय ग्राम वा २ हजार या ५ २५ सय क्यालोरी भन्दा बढि प्रायलाई चाहिदैन । अन्न जन्य खानेकुरा विहान या वेलुकीको खाना वा खाजामा ठिक्क मात्रामा खानु पर्छ । घरिघरी तताएको बढि रिफाइन गरिएको तेल या घ्यु राखेर वा फ्राई गरेर खानु पचाउन समय लाग्ने कठिन हुने र घातक हुन सक्छ । प्रोटिनजन्य खानेकुराहरु पचाउन झन् समय लाग्ने भएकोले पहिला अन्न जन्य त्यसपछि मात्र वा केहि समय पछि खानु पर्छ र शरिरको तौल केजिमा जति छ, त्यतिनै ग्राम भए पुग्ने भएकोले थोरै मात्र खानु स्वास्थ्यको लागि हितकर हुन्छ । धेरै र चिल्लो पदार्थमा फ्राई गरेर वा धेरै राखेर खादाँ पचाउन समय लाग्न, आन्द्रामा कुहिने सड्ने भएर शरिरमा विषजन्य तत्वहरुले प्रवेश पाउने भएकोले बढि खानु अत्यन्तै हानिकारक वा नसर्ने खतरा रोगहरु लाग्ने सम्भावना बढि हुन्छ । बिरामी बनाउने खाना भनेको यस्तै र बासी सडे गलेको दुषित खाना र पानी हो । शरिरको सुरक्षा गर्ने खानामा चाहिने सबै पोषक पदार्थ ठिक्क मात्रामा हुने भएकोले अम्लियपन जगाउने क्षारिय तत्व हुने भएकोले फलफुल, सागपात, सलाड र टुसा उमारिएको गेडागुडी थप सुख्खा फलफुलहरु भए अन्य केहि नचाहिने हुन्छ र आन्दा्रँमा पाईने शरिर वचाउने झिल्ली सधैको स्वस्थ राख्न सकिन्छ ।
पानी
खाना सँगै मान्छेलाई प्यास कम गर्न पानीकाे आवश्यकता भएकाले पानीलाई पनि खानाको एउटा अभिन्न भाग मान्नु पर्दछ । पानी, खाना खानु अघि र पछि लगत्तै खादाँ पच्ने अवस्थामा केहि बाधा पार्न सक्ने भएकोले पानी उठ्ने वित्तिकै वाथरुम जानु अघि कम्तिमा ३०० देखि ५०० मिलि खाने । त्यसपछि खाना वा खाजा खाएको एक डेढ घण्टा पछि खाने । खाना जस्तै पानी पनि सुरक्षित अवस्थामा अर्थात उमालेर चिसो भएको वा मनतातोवाट मात्रै ६० प्रतिशत रोग लाग्न सक्छ ।
सुरक्षित खाना छिटो, सजिलै पच्ने, रोग लगाउने जिवाणु रहित, क्षारिय तत्वहरु हुने शरिरका लागि आवश्यक सबै पौष्टिक तत्वहरु हुने भएकोले स्वास्थ्यवद्र्धक हुुन्छ । तर, स्वास्थ्यको लागि पचाउन कठिन बनाउने, चिसो, नशाजन्य पदार्थ सँगसँगै खानु हँुदैन । धेरै खानु हँुदैन, एक पटक खाना खाजा खाएको कम्तिमा ४,५ घण्टा पछि मात्र खानु पर्दछ । खाना खाजा खाए लगत्तै छिटो पच्ने खानाहरु फलफुल पनि खानु स्वास्थ्यवद्र्धक हुदैन । र खाना खादाँ सफा सुरक्षित ठाउँमा आरामपुवक बसेर विस्तारै चपाएर खानु आवश्यक हुन्छ । ताकी खानाले भाइरस, ब्याक्टेरियाजन्य रोग कारक जिवाणुहरुबाट बचाओस् । अक्सिजनको कमी भई हाई–हाई आउने, शरिरमा बढि थकाई लाग्ने, शरिर टाउको भारि लाग्ने झुम्म हुने नहोस्, पाचन शक्ति बलियो होस् । यसको लागि व्यायाम प्रणायाम, ध्यान जस्ता प्राकृतिक आधारभुत र सिर्जनशिल उपायहरु अपनाउनु पनि त्यतिकै जरुरी छ ।