गण्डकीमा थप ३७ मा कोरोना पुष्टि, संक्रमितको संख्या १८८ पुग्यो

बागलुङ
गण्डकी प्रदेशमा थप ३७ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार विहान स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता विनोद विन्दु पौडेलले दिएको जानकारी अनुसार ४ जिल्लाका ३७ जनाका कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा पर्वत १३ जना, स्याङजा बालिङका २२ जना र तनहुँका १ र नवलपुरको १ जनामा कोरोना संक्रमण पुष्टि भएको पौडेलले जानकारी दिनुभयो ।

योसँगै गण्डकी प्रदेशमा १८८ जना कोरोना संक्रमित पुगेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *