यामबहादुर थापा मगर
लकडाउनको डायरी लेखु कि नलेखु भन्ने मनमा बहस चौतर्फी चलीरहयो । कामको शिलशिलामा रात दिन बैठक, कोभिड १९ को व्यवस्थापनमा स्वास्थ्य कर्मीको लगावको उच्च सम्मान गर्नुपर्ने रहेछ भन्ने अनुभुति गर्न पाए । स्वास्थ्य सस्थामा काम गर्ने स्वास्थ्य सेवाका अलावा प्रशासन,लेखा समुहका कर्मचारीहरुको महत्व भएपनि दिनरात नभनी खटेको कम मात्रामा अनुभुति भएको प्रत्यक्ष अनुभुति गर्न पाए ।
कोरोनासँग लडन नसकी रहेको विज्ञानलाई कसरी सफलता तिर लैजाने भन्ने चिन्ता विश्व व्यापी रहेको छ । पर्यटन,औद्योगिक व्यवसाय धरासायी भएको छ भनेर चिन्ता माथि चिन्ता थपिएको छ । सर्वत्र कसरी मानव जिवन बचाउने हो भन्ने मात्र चासो र बहसको बिषय भनेको छ । तर केही बुदागत हिसाबले लकडाउनको फाइदाका विषयमा थोरै विषयमा लेख्न सकिन्छ । लकडाउनले मृत्युदर औसतमा कमी भएको छ । पशुपति आर्यघाटमा दैनिक आउने शव सख्यामा कमी आएको छ । बागलुडको निरयघाटमा समेत दैनिक आउने शवको सख्यामा कमी आएको चिया गफमा खुब हुने गरेको पाउन सकिन्छ । सरुवा रोगबाट सक्रमण भै अकालमा मृत्युको शैयामा आसीन हुने जनसख्याको कमी भएको छ । बातावरण प्रदुषणमा कमी भै कार्वन उत्सर्जनमा गिरावट आएको छ । अक्सीजन सहज उपलब्धता भै कोभिड १९ बाहेक अन्य रोगबाट ग्रस्त हुने अवस्थामा कमी आएको छ । एन्टीवायोटिक खपतमा उल्लेख गिरावट आएको छ । सो को मुल्यमा कमी आउनु र उपयोगमा कमी आउनु मानव स्वास्थ्यका लागि राम्रो मानिन्छ । योग साधना लगायत स्वामी विकासानन्दको मनोक्रान्ति, बुद्र्ध धर्मको विपश्यना शिविर, रामदेवको योग,साहाकारी भोजनको उपयोगमा अभिवृद्धि र आर्युवेदिक स्वास्थ्यको लगावमा रुची हुनुको महत्व झन बढी रहेको छ । माया मोहको संसार कतै आध्यामिक चिन्तनमा आर्कषीत भएको आभास हुन थालेको छ ।
लकडाउनको समयमा नेपालका सरकारी कर्मचारी सार्वजनिक बिदामा सुरक्षित घरको क्वारेन्टाइनमा बसी रहेको समयमा स्वास्थ्य संस्थामा आफु भने २४ घण्टा स्वास्थ्य कर्मी जस्तै कोरोना संक्रमित विरामीको व्यवस्थापनमा खटिरहे । लकडाउनको समयमा नै २०७७ साल जेठ २ गते धौलागिरी अस्पताल बागलुडमा बागलुङ नगरपालिका ११ रायडाडाकी पवित्रा थापा मगरको प्रसुति समयमा अत्यधिक रगत बगे पछि काठमाडौ टिचिङ हस्पीटलमा रिफर गर्दाको व्यस्तता र स्वास्थ्यकर्मीको मृत्युसँगको लडाइमा लडिरहेको लगावको उच्च सम्मान गर्न चाहान्छु । रक्तसञ्चार केन्द्रका गुरु प्रसाद शर्माको पहलमा रगत समेत समयमा नै व्यवस्थापन भएको र हेलिकप्टर व्यवस्थापनमा भएको चलखेलले बिरामी माथिको घिन लाग्दो राजनीतिको चलखेलको नमुना हेर्न र अनुभुति गर्न लायक भएको थियो । बिरामीको उपचार गर्ने र बचाउने नाममा भएको बदनामी राजनीतिले छिटो उद्धार हुनु पर्नेमा करिब ३ घण्टा ढिलो हुनु र हेलिक्प्टर ढिलो आएको बिच समयमा भवितव्य अकल्पनीय घटना भएको भए सायद दोषारोपण डाक्टर,नर्स माथि जाने थियो होला । प्रमुख मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र वि.क. प्रोखेल,एनेस्थेसियोलिष्ट डा पुजन बल्ल, डा. सचिन कोइराला, प्रसुती विज्ञ डा सौगात कोइराला,डा. नविन पौडेल, नर्स देवी भटराई, ज्योसना भटराई, राधिका के सी लगायत,कार्यालय सहयोगीहरुको समुहले छिटो हेलिक्प्टर ल्याउनु परयो किन ढिला भएको छ भन्नु हुन्छ तर अस्पतालमा परिसरमा एकद्धार प्रणालीमा ल्याउने भन्दै राजनैतिक मतभेदका आधारमा चलखेल गरि ढिलो उद्धार गरी आफुलाई अब्बल समाजसेवी र प्रतिनिधिको दर्जा आफैले आफुलाई मपाई भन्दै फरक सोच र दृष्टिकोणबाट सामाजिक सञ्जालमा समाचार संप्रषित गरेको पाउदा दुख व्यक्त गर्न मन लाग्यो ।
भन्न मन लाग्दछ कि तर भन्ने मन समेत प्रफुल्लीत हुदैन । कोरोना कहरमा विश्वले जित्ने कसरी भन्ने बेलामा ज्वानोको सुप खानु पर्ने,मरिच,बेसार,अदुवाको सुप खानु पर्ने सल्लाह साथीसंगीहरुबाट पाइरहेको थियो । कार्यालयको तनावपुर्ण कामको विचमा लोकतन्त्र र आजको माक्र्सवाद ( चैतन्य मिश्र ), कुटनीति र राजनीति ( रमेश नाथ पाण्डे ) ,विमान विद्रोह एउटा राजनीति अपहरणको बयान( दुर्गा सुवेदी), सकर्म ( कमल रिजाल) र रजगज ( हरि बहादुर थापा)का पुस्तकलाई किस्ताबन्दीमा अध्ययन गर्ने समय लकडाउनको समयमा व्यवस्थापन गर्न पाए । लकडाउनको समयमा योहो बहसको साथमा जिवराम भण्डारीसँगको अन्तवार्ता चित्र बहादुर के सीको विचारले नेपालको राजनीतिको विश्लेषणले तरगित गरायो । त्यस्तै राम कार्कीको विश्लेषण, भिमरावलको विचार,नारायण मान विजुक्छेको विचारले गहन तरिकाले सोच्न मनलाग्यो । वि.स. २०७७ सालको नयाँ लोक गितहरु समेत युटुवमा सुन्ने काम समेत थोर बहुत रुपमा भएको छ है । तपाईहरुको कसरी लकडाउनको समयमा समय वितेको छ शेयर,कमेन्ट र सुझाव दिनु होला है ।
लकडाउनको समयमा दुहुला दुहुलीको मात्र सहभागीतामा विवाह भएको समाचार सुनिएको थियो । मलाई समेत तमानखोला गाउँपालिका बोगादोभान बागलुडका लेखा अधिकृत छैठौ अर्जुन गौतमको विवाहमा सहभागी हुनका लागि निमन्त्रणा थियो । विवाह समारोहमा सहभागी हुने बचनबद्धता दिएको थिए । नेपाल सरकारले दिनप्रतिदिन लकडाउनलाई कडाइ गरेको र साथीहरु बिचमा ल मलाई विवाहमा जन्ती जानको लागि निमन्त्रणा छ है भन्दा जानु हुदैन भन्ने सुझाव पाएको थिए । तर मलाई विवाह समारोह,ब्रतवन्ध,मलामी, चौरासी पुजामा निम्तो पाउदा साथ जाने योजना बनाइ हाल्न मन लाग्दछ । उता साथीको विवाहमा सहभागी हुन नपाएको गुनासो जिवन भरी रहने भएकोले लकडाउनको समयमा समेत विवाह समारोहमा सहभागी भएको थिए भन्ने इतिहास बनाउन नपाएकोमा आत्मग्लानी भएको छ । लकडाउनको समयमा विवाह समारोह गर्दा फजुल खर्चमा व्यापक कटौती हुने रहेछ । अवका दिनमा लकडाउनको समयमा हुने विवाह समारोह गरेर अनावश्यक खर्च कटौती गरी अन्य सेवामुलक कार्यमा दान प्रदान गर्ने नीति अवलम्बन होस भन्छु । नेपालको वैवाहिक कानुनको सामाजिक सस्कार बमोजिम कानुन अनुसार जन्ती सहभागी हुने नियम लागु हुनका लागि लक डाउनमा विवाह हुनु पर्ने रहेछ भन्ने आभास भएको छ । नत्र विवाह समारोहमा हजारौ सख्यामा सहभागी गराई नेपालको कानुनलाई खिल्ली उडाएको ज्लन्त उदाहरण समाजमा व्याप्त पाउन सकिन्छ ।
लकडाउनको समयमा मृत्यु सस्कारमा सहभागी हुन पनि कोरोना भाइरसका कारण भय,त्रास र जोखिममा परिन्छ कि भन्ने डरले पर्दाको जन्ती र मर्दाको मलामी भन्ने नेपाली उखानलाई तिञ्जान्जी दिदै मलामी जान समेत डर मान्ने अवस्था आएको थियो । झन कोभिड १९ भाइरसका कारण मृत्यु भएको भन्ने समाचारले त शवलाई सत्गत गर्ने विषयमा आतंकित भएको अवस्था थियो । लकडाउनको समयमा नै हाम्रोे १३ दिने दाजुभाइमा भित्रमा बागलुड नगरपालिका १० निफन्नी निवासी मैसरा थापा ( रामजाली) मगर वंशावली भित्र २०७६ साल चैत्र २३ गते मैसरा थापा मगर ( ९७ वर्ष) को असमायीक निधन भएकोले शवलाई सदगत गर्नका लागि मलामी जानका लागि खबर आउदा कोभिड १९ भाइरस सर्छ भो जानु हुदैन भन्ने सल्लाह पाउदा पाउदै समेत भो जानु पर्छ भनि मुखमा मास्क लगाई मालढुगा जाने निर्णय गरी जादा मलामीको सख्या उल्लेखनीय रुपमा कमी आएको अनुभुति भयो । किनकी न्यूनतम सख्यामा सत्तरी असीको आसपासमा हुनुपर्नेमा कम्तीमा विस जनाको सख्यामा मलामीको सख्या पाउदा बहुत चिन्ताजनक अनुभुति भएको थियो । लकडाउनको समयमा कोरोना भाइरस प्रभाव बढदै थियो । लकडाउनको उकुस मुकुुसबाट बाहिर आउन खोजेको थियो । दिनभरी काम गरी साँझ विहान हात मुख जोड्ने वर्गको जिवनयापन दुखदायी भन्दै थियो । त्यही समयमा हाम्रो थापा रामजाली दाजुभाइमा दुख घटना दोहोरियो । जेष्यठ सदस्य बागलुङ नगरपालिका ११ रायडाँडा निवासी स्वर्गीय लाल बहादुर थापा ( रामजाली) मगरको मिति २०७७ साल जेठ ८ गते मृत्यु सस्कारमा मलामी जाने काम भयो । सो मलामी भने रायडाडा,भकुण्डे र बागलुङ बजार गरी लगभग असी जना भन्दा बढी सख्यामा मलामी सहभागी भएका थिए तर मलामीमा कोभिड १९ को डर र त्रास मलामी बिचमा भएको अनुभुति प्रशस्त मात्रामा गर्न पाइन्थ्यो ।
लकडाउनको समयमा दुई पटक कार्यालयको कामको शिलशिलामा पोखरामा सवारी पास बनाई नगई नहुने कामले जादा हैन सवारी पास लिएर ठुला बडाहरु आवतजावत गर्दा कोरोना भाइरस सर्दैन कि क्या हो भन्दै गरेको टिका टिप्पणी गरेको सुन्न पाए । निर्बल दर्जाका मानिसका लागि सवारी पास लिनका लागि समेत गाह्रो विषय बनेको थियो । लकडाउनको डायरीलाई यो श्रृङखलामा अन्त चाहान्छु । अर्को पटक थप विचार र टिकाटिप्पणी अनुसार उपस्थित हुने छु । बरु साथीहरुले थप सल्लाह,सुझाव,रायको अपेक्षा समेत राख्दछु ।