कोरोना भाइरसले विश्वव्यापी रुपमा भयावह सिर्जना गरेर देशमा लकडाउन गरेको तीन महिना पुरा हुन लाग्यो । नागरिक घर भित्रै साँघुरो घेरा भित्र कैद छन् । अर्थतन्त्र ठप्प छ । उकुसमुकुस बढ्दो छ । पछिल्लो समय लकडाउन लामो भएकाले अब यो विकल्प हुन नसक्ने भन्दै तिव्र आक्रोश व्यक्त हुन थालेको छ । लकडाउन खुकुलो बनाउने बारे स्थानिय युवाहरुको धारणा के छ ? कोरोनाबाट जोगिदै लकडाउनलाई खुकुलो बनाउने बिधि के हुन सक्छ ? आदर्श अनलाईन/जागरणकर्मी साधना पन्तले स्थानिय युवासँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अशंः
लाल बहादुर थापा (ऋतम्भरा)
अब लकडाउन विस्तारै खुकुलो बनाउनु पर्दछ । कुनै बेला लकडाउन हाम्रो लागि एक मात्र विकल्प र आवश्यकता थियो तर अहिले अरु धेरै आवश्यकता थपिदै गएका छन् । मनिसको दैनिकी, जिवन निवार्ह गर्ने कुरामा जटिलता थपिदै गएका करणले अब लकडाउनलाई विस्तारै खुकुलो बनाउनु पर्ने देखिन्छ । तर लकडाउन खुकुलो बनाउने नाउमा पुरै खुल्ल पनि गर्नु हुदैन । मनिसहरु आफ्नो काममा ओहोर दोर गर्ने खालको विकल्प हुन सक्दछ ।
हाम्रो जिल्ला भित्र आन्तरिक आर्थिक गतिबिधीहरु गर्न दिने , व्यवसायीलाई व्यवसाय गर्ने वातावरण बनाउने, मज्दुरहरुलाई पनि काममा फर्काउनका लागि केही निश्चीत सर्तकता अपनाउनु पर्ने, सामाजीक दुरी कायम गर्ने विषयमा प्रयाप्त ख्याल गर्नु पर्दछ । तर कोरोनाको संक्रमण संग डराएर हिजोको जस्तो लकडाउन अब राज्यले पनि थेक्न सक्दैन र सर्वसाधरणले पनि थेक्न नसक्ने स्थीति बनेको छ । अब हामीहरुले सर्वसाधरणलाई सचेत बनाएर विस्तारै काममा फर्काउने वातावरण निमार्ण गर्नु पर्दछ । सवै मानिसहरुले माक्स प्रयोग गर्ने , सेनिटाईजर साथमा राख्ने आफुले आफुलाई कसरी सुरक्षीत गरेर काम गर्ने भन्ने कुराको जानकारी भएर मात्र नियमीत काममा लाग्न जरुरी छ ।
हाम्रोमा सबै भन्दा समस्याको विषय भनेको सरकारी तवरबाट राज्यलेनै लगानी गरेर क्वारेन्टाईन निमार्ण गरीएको छ तर ति क्वारेन्टाईनहरु सवैभन्दा पहिले व्यवस्थीत गर्नु पर्ने देखिन्छ । लकडाउन गर्नुभन्दा होम क्वारेन्टाइनको व्यवस्था गर्ने र सरकारी क्वारेन्टाईनहरुलाई व्यवस्थीत गर्न पर्ने छ । अहिले जति पनि क्वारेन्टाईन छन् तिनीहरुमा ५०, ६० जना एकै ठाउँमा राख्ने, टवाईलेट बाथरुम, पानीका धाराहरु एउटै प्रयोग गर्न दिने काम भएको छ । यी समस्या सुधार गर्नु पर्ने छ । अहिले सबैभन्दा धेरै जोखिम भनेको क्वारेन्टाईनमा बस्न्ने मानिसहरुमा नै छ ।
अबको विकल्प भनेको हामीकमा भएको होटलहरु नितान्त रुप्मा खाली छन् । तिनीहरुको प्रयोग गर्न सकिने वातावरण अव सरकारले गर्नु पर्नेछ । यो धेरै ठूलो संख्यामा सम्भब नभएपनि जहाँ संक्रमरणको उच्च जोखिमको सम्भावन धेरै छ त्यस्ता ठाउँमा होटल व्यवसायीलाई सामाजीक उत्रदाईत्व संग जोडेर होटल व्यवसायी संग सहकार्य गरेर काम गर्न सकिन्छ । यो विधी अपनाउने हो भने राज्यलाई व्यय भारको पनि कमी हुन सक्छ ।
अब सरकारले मात्र कोरोना रोगलाई नियन्त्रण गर्न पर्छ भनेर यो भाईरस र यस बाट आएका समस्या नियन्त्रण हुनसक्ने सम्भावन देखिदैन् । राज्यले अब जनतालाई जागरुक बनाउन पर्ने बेला आएको छ । हामीसंग भएका क्वारेन्टाईहरु कोरोना संक्रमीत बस्न योग्य छैनन् । हामीहरुकोमा संक्रमीत भेटिना साथ वडाहरु जिल्लमा भर परेका छन् र जिल्ला प्रदेशको भरमा बसेको अवस्था छ त्यसकारले अव स्थानीय तह देखी माथी सम्म राम्रो समन्य हुनुपर्ने देखिन्छ । सरकारले स्थानीय तहलाई निती नियमको बारेमा जानकारी गराएर अनुकुल वातावरण सृजना गर्नु पर्दछ । अव स्थानीय तहलाईनै पिसीआर मेसीन जस्ता कोरोना परिक्षण गर्ने देखि संक्रमीतलाई उपचार गर्न लाग्ने सवै खालका सामाग्रीहरु अफै खरीद गर्ने वातवरण मिलाईदिनु पर्ने छ । राज्यको सबैलाई पिसीआर परिक्षण एकै साथ गर्ने क्षेमता देखिदैन तर कोरोनालाई साँच्चीकै नियन्त्रण गर्ने हो भने पिसीआर टेस्ट बाहेक अरु बिकल्प देखिदैन् । राज्यले क्वारेन्टाईनमा राखेका मानिसहरु २० जना छन् भने ५ जनाको पिसीआर टेस्ट गरेको छ ति ५ जनाको भरमा रिपोट नेगेटिभ आयो भने सवैलाई घर पठाउने काम राज्यले गरेको छ । यो हाम्रो समाजको लागि सवैभन्दा घातक काम भएको छ । लक्षेण नदेखिएका मानिसमा पनि कोरोना पुष्टी भएर अरुलाई सरेको धेरै ठाउँमा उदाहरण छन् । लक्षेण नदेखिएको भन्दै बाहिर बाट आएका मानिसहरुलाई समुदायमा पठाने काम भएको छ । यसलाई राज्यले , स्थानीय सरकाले यो विषयमा ध्यान दिएर व्यवस्थीत गर्न जरुरी छ ।
अब जनतानै सचेत हुन अवाश्यक छ । आफ्नो घरको कुनै सदस्य बाहिरबाट आएको छ भने घरमै होम क्वारेन्टाईनको व्यवस्था गरेर राख्न सकिन्छ । आफ्नो परिवारको सुरक्षाको लागि प्रत्येक व्यक्तिले आफु सचेत भएर होम क्वारेन्टाईन निमार्ण गर्न सकिन्छ । बाहिरबाट मानिसहरु ठूलो मात्रमा नेपाल आएका छन् अब जुन जुन स्थानीय तहका मानिसहरु हुन ति सम्वन्धीत ठाउँमा पुगेर सम्बन्धीत ठाउँको मानिसहरु संग सहकार्य गरेर क्वारेन्टाईनमा राख्नु पर्दछ तर क्वारेन्टाईनको नाममा विद्यालयमा राख्ने तर व्यवस्थीत क्वारेन्टाई नहुने भएकाले अब होम क्वारेन्टाईन बनाएर आफ्नै घरमा सुरक्षीत रुपमा बस्नु पर्दछ । यो काम त्यती जटिल हुँदैन् । सरकारले क्वारेन्टाईन हामी बनाउन्छै, खाने बस्ने व्यवस्था पनि सरकारलेनै गर्छ भन्यो तर ति मानिसहरुको पिसीआर टेस्ट गर्ने क्षमता सरकारले राखेन त्यसकारणले अहिले समस्या आयो । अब यसको पनि विकल्प निकालेर राज्यले क्वारेन्टाईन निमार्ण गर्दा, क्वारेन्टाईनमा बस्ने मानिसलाई खाने बस्ने व्यवस्थामा लाग्ने खर्चलाई व्यवस्थीत गरेर जति पनि बाहिरबाट आउने मानिसहरुलाइ होम क्वारेन्टाईनमै राखेर स्थानीय सरकारलाई बलियो बनाएर उनीहरु सबैको पिसीआर टेस्ट गर्दा धेरै राम्रो हुने देखिन्छ ।
अहिले स्थानीय सरकाले पनि पिसीआर टेस्ट गर्ने मेसिन आफै किन्नछम भनेका छ । अव स्थानीय सरकारलाईनै खरिद विक्री गर्ने नियम बनाएर स्थानीय सरकालाई राज्यले पिसीआर टेस्ट मेसीन किन्ने व्यवस्था मिलाईदिनु पर्दछ ।
सुरेन्द्र शाक्य
माहामारीको रुपमा फैलिएका कोरोना (कोभिड १९)ले विश्वनै भयावह र त्रसित बनेको छ । लाखौको संख्यामा मानिसले ज्यान गुमाएका छन् भने लाखौको संख्यामा संक्रमित भएका छन । अझ यो अबस्था कहाँ र कति संख्यामा पुग्ने हो कुनै आधिकारीक रुपमा भन्न सकिने अबस्था छैन । कैयौ बिकसित मुलुकले यसको अघि घुँडा टेक्न बाध्य भएका छन भने कैयौ राष्ट्रहरु सचेत र सावधान हुँदा हुदै पनि यसको कहरबाट बच्न सकिरहेको अबस्था छैन ।
यसको जल्दो बल्दो उदाहरण हो नेपाल । लगभग ३७७० भन्दा बढि मानिस संक्रमित भैसकेका छन भने १५ जनाले मृत्युवरण गरिसकेका छन । विश्व जगतलाई नियाल्ने हो भने त चार लाख साठी हजार भन्दा बढीले ज्यान गुमाई सकेका छन भने संक्रमित संख्या ७१ लाख नाघि सकेको छ ।
मानिस र भाईरस बीचको यो युद्ध कति सम्म चल्ने हो यसको कुनै आँकडा छैन । आज नेपालमा लकडाउन गरेको पनि करीब करीब ७७ दिन पुगिसकेको छ । कोरोना र लकडाउनको यो वातावरणमा मानिस बाध्यताबस सरकारद्वारा घोषित लकडाउनको बिरुद्ध जानुपर्नै बाध्यता देखिन्छ । दैनिक ज्याला मजदुर गर्ने, कृषी गर्ने, व्यपार व्यबसाय गर्नै, उद्योग कल–कारखाना सञ्चालन गर्नै साना देखी ठूला उद्यमीको ठूलो मात्रामा क्षति भएको छ । परिवारको हातमुख जोड्न, घर भाडा, बैङकको व्याज, सरकारलाई तिर्नु पर्ने कर तिर्न निकै कठिन हँुदै गईरहेको छ भने अर्को तर्फ संक्रमितको संख्यामा कमि होला भन्दा दिन प्रति दिन बढ्दै गईरहेको छ । यो अबस्थाबाट तत्कालै पार पाउन नसके रोगले त होईन भोकले मानिस मर्ने निश्चित छ । सरकारद्वारा जारी गरिएको लकडाउन विभिन्न चरणबद्ध रुपमा खुकुलो बनाउदै लैजाने भनिएको भएता पनि आवश्यक सर्तकता र सचेचतता नअपनाउने हो भने भयावह अबस्थाबाट गुज्रीनु पर्ने कुरामा दुईमत छैन । यसका लागि हामी सबै एकताको मालामा उभिनु सान्र्दभिक देखिन्छ । सर्वप्रथम त यो रोगबाट बच्ने सबैभन्दा सजिलो उपाय नै सामाजिक दुरी कायम गर्नु हो तसर्थ लकडाउनलाई खुकुलो बनाउन हामी सबै सामाजिक दुरी कायम गर्न प्रतिबद्ध हुनुपर्दछ ।
आफैले स्वअनुशासनको पालना गर्नुपर्दछ । यो अरुका लागि नभै आफ्नै लागि हो भन्ने बुझ्नु पर्दछ । राष्ट्रिय गौरवका आयोजनाहरु जस्तै सिचाँई, जलविद्युत, बिकास निर्माण, उद्योग, कलकारखाना, खानेपानी आदी जस्ता कामहरु अति सावधानी पूर्वक गर्नुपर्दछ । श्रमिकहरुको दैनिक स्वास्थ्य जाँच गर्ने, आवास र खानेकुराको राम्रो प्रबन्ध मिलाउने जिम्मा सम्बन्धित निकायले लिनुपर्दछ । बजार क्षेत्रमा भिडभाड कम गर्न अत्याआवश्यक चीज बाहेक अन्य सेवा सुविधाका लागि अनायासै बजारमा जाने कामलाई तत्कालै रोक लगाईनु पर्दछ भने पसलहरुको पनि वर्गिकरण गर्नुपर्ने देखिन्छ । साथै बजार क्षेत्रमा सवारी साधन सञ्चालन सन्र्दभमा जोड बिजोड गरि सञ्चालनमा ल्याउदा उपयुक्त हुने देखिन्छ । सभा, भेलाजस्ता कार्यक्रम गर्दा अति ध्यानपूर्वक खुला मैदान, चौरको प्रयोग गरि सामाजिक दुरी कायम गर्नु नै बेश देखिन्छ ।
यो अबस्थामा आफै सुरक्षित रहन प्रविधिको भरपुर प्रयोग गर्न सकिन्छ जस्तै बिजुली, पानी, टेलिफोन लगायतका बील भुत्तानका लागि अनलाईन मार्फत तिर्न सकिन्छ । स्थानिय सरकारबाट आवश्यक चीजहरुको व्यबस्थित र विश्वसनिय होम डेलिभरीको व्यबस्था गर्नु अति उल्लेखनिय काम हुन सक्छ । विद्यालय र शैक्षिक कार्यहरु तत्काल सन्चालन गर्न गाह्रो परिवेशमा सरकारले विकल्पको बाटो रोज्नु आबश्यक देखिन्छ । विद्यार्थी तथा अभिभावकमा देखिन सक्ने मनोबैज्ञानिक असरलाई न्यूनिकरण गर्न विद्यालयमा परामर्श सेवाको व्यबस्था गर्नु उचित देखिन्छ । बैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाईलाई स्वदेश फिर्ता गर्ने काम निकै उदाहरणिय छ । तर बिदेशबाट आएका मध्य धेरै जनामा कोरोना संक्रमण देखिएको कारण उहाँहरु सम्पूर्णलाई मापदण्ड अनुरुपको क्वारेन्टाईनको व्यवस्था गर्नु नै उचित हुन आउछ ।
सम्बन्धित वडामा भएका निजि वा सरकारी भवन, विद्यालय प्रयोग गर्न सकिन्छ । लामो समय सम्म क्वारेन्टाईनमा बस्नु पर्ने भएकाले आधारभूत सीपसँग सम्बन्धित तालिम जस्तै जडिबुटी, मौरीपालन, बेमौसमी तरकारी उत्पादन तालिम, बाख्रापालन तालिम, योगा, स्वास्थ्य सम्बन्धि तालिम जस्ता उपलब्धिमूलक कार्यक्रम सञ्चालन गर्नु अति आवश्यक देखिन्छ भने क्वारेन्टाईनबाट भाग्ने जस्ता समाचारले धेरैनै त्रसित बनाउछ । त्यसकारण जनचेतना मूलक, नितीगत, र राष्ट्रियता सम्बन्धित गोष्ठि, सेमिनारको सञ्चालन गर्नुपर्दछ ताकि यस्तो उपज मनस्थिति मनमा नआओस ।
कोरोनाका कारण बढेको डर र त्रासले ठुलो रुपमा मनोबैज्ञानिक क्षेति निम्त्याउन सक्ने हुँदा मनोबैज्ञानिक परामर्श दिनु आवश्यक हुन्छ । साना–ठूला व्यापार व्यवसाय गर्दे आएका व्यवसायीहरुलाई राहतको प्याकेज ल्याउनु पर्दछ जस्तो मलाई लाग्दछ । लकडाउनको यो विषम परिस्थितिलाई सकरात्मक रुपमा लिई सकेसम्म धेरै भन्दा धेरै सदुपयोग गर्नुपर्दछ । पारिवारिक अनुशासन, हाम्रो संस्कृती, सभ्यता र देशप्रेम भावनाको विकास हाम्रो बालबालिकालाई सिकाउनु अति नै फाईदाजनक हुन आउछ । यसै सन्र्दभमा, विदेशबाट नेपाल फिर्ता भएका दक्ष जनशक्तिको पहिचान गरि सम्बन्धित क्षेत्रमा लगानी गर्ने वाताबरण निर्माण यदि सरकारले गरिदिने हो भने नेपालले बिकासको कार्यमा निकै ठूलो फड्को मार्ने कुरामा दुईमत छैन ।