आदर्श सञ्चार सहकारीद्वारा सुत्केरी र नवजात शिशुलाई सहयोग

आदर्श अनलाईन, बागलुङ ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका कर्मचारी संगिता खड्का कार्कीलाई सुत्केरी सहयोग रकम प्रदान गरेको छ ।

संस्थामा बजार प्रतिनिधिका रुपमा कार्यरत खड्का कार्कीलाई सुत्केरी सहयोग स्वरुप ३ हजार रुपैया र नवजात शिशुलाई बाल वचत खाता सञ्चालनका लागि १ हजार रुपैया प्रदान गरिएको हो । बागलुङ नगरपालिका वडा नं. ३ निवासी संगिता खड्का र सागर कार्कीको पहिलो सन्तानका रुपमा जन्मिएकी छोरीको नाम साहारा कार्की राखिएको छ ।

संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी (अञ्जु), सचिव ललिता थापा, सम्पादक रामबहादुर जिसी, प्रवन्धक दिपकराज सापकोटा, प्रशासन प्रमुख कमला क्षेत्री, लेखापाल स्टाफन केसी, रिसेप्सनिष्ट सुरज बोहरा, कर्मचारीहरु लक्ष्मी खड्का कार्की र सिर्जना निउरेले शुक्रवार सुत्केरी संगिताको बानपा–३, खहरेस्थित निवासमै गएर सुत्केरी सहयोग र बालवचत रकम हस्तान्तरण गर्नु भएको थियो ।

संस्थामा कार्यरत कर्मचारी सुत्केरी हुँदा सुत्केरी सहयोग र नवजात शिशुको बाल वचत खाताका लागि रकम सहयोग गर्ने गरेको संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी. (अञ्जु) ले जानकारी दिनुभयो । सूचना र सञ्चारका क्षेत्रमा क्रियाशिल आदर्श सञ्चार सहकारी संस्थाले सदस्यहरुबीच वचत तथा ऋणको कारोबारसंगै सामाजिक सुरक्षा अभियान अन्तरगत मृत्यु राहत रकम, जेष्ठ नागरिकलाई पेन्सन, सुत्केरी सहयोग, नवजात शिशुको वचत खाता सञ्चालनदेखि दैवीप्रकोप लगायत मानवीय सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।

सहकारी अभियानलाई प्रभावकारी बनाउन सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई पालना गर्दै सहकारी मार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि आदर्श सञ्चार सहकारी निरन्तर लागि रहेको र धौलागिरि क्षेत्रको सहकारी अभियानलाई सक्रिय बनाउन संस्था निरन्तर क्रियाशिल रहेको संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी.ले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *