बर्षासँगै विपतिः पर्वतमा पहिरोमा पुरिएर ५ को मृत्यु,४ अझै वेपत्ता

लक्ष्मण सापकोटा, पर्वत

जिल्लाको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार रातिको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । चार जना अझै वेपत्ता छन् ।

भिषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएका थप दुई जनाको शब फेला परेको छ । पहिरोले पुरीएका दिपा थापा र कमला विकको शब भेटिएको हो । यसअघि शनिवार साँझै पहिरोमा पुरिएका ५८ बर्षिय तुलबहादुर थापा, उहाँकी श्रीमती मीन कुमारी थापा र नातिनि विविशा थापाको शब फेला परेको थियो ।

अब बेपत्ता हुनेहरुमा सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक रहेका छन् । थप चार जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै उद्धारमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय

घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए । बेपत्ताको उनीहरुको खोजी भहरहेको प्रहरी निरीक्षक सुवेदीले बताए।

राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएको थियो । विहानबाट पुनः खोजी सुरु भएको कुस्मा नगरपालिका–३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याले बताए । शनिबार साँझ ६ बजेदेखि करिब दुई घण्टा परेको मुसलधारे पानीपछि पहिरो गएको हो । पहिरोले घरमा रहेका पशुचौपायासमेत मरेका छन् । स्थानीयका अनुसार झण्डै तीन सय मिटर भन्दा माथिबाट पहिरो आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *