अध्यावधिक नक्सा पारित गर्ने बैठकमा अनुपस्थित बागलुङका सांसद अस्पतालमा

आदर्श अनलाइन,बागलुङ

सरकारले वास्तविक भूमि अनुसारको नेपालको नक्सा निशान छापमा समेट्न ल्याएको संविधान संशोधन विधेयक सर्वसम्मत पारित गर्ने प्रतिनिधिसभा बैठकमा अनुपस्थित सांसदहरुको सर्वत्र आलोचना भइरहेको छ ।

यसको शिकार बागलुङकी सांसद ज्ञानकुमारी छन्त्याल पनि बनेकी छिन् । अहिले सामाजिक सञ्जाल, चिया पसल, चोक चौतारीमा उनको आलोचना भइरहेको छ । तर, यसले नेपाली समाज वास्तविकता र संवेदनशिलता नबुझिकन कति हतारमा आलोचनामा उत्रिन्छ भन्ने प्रष्ट गरेको छ । सांसद छन्त्याल देशको ऐतिहासिक निर्णय गर्ने र त्यसको साक्षी बन्ने क्षणमा सहभागी नभएको भन्दै सामाजिक सञ्जालमा गुनासो र आक्रोशि मिश्रित स्टाटस र प्रतिक्रिया व्यक्त भइरहेको छ ।

अल्पसंख्यक समुदाय (छन्त्याल)बाट नेपाली काँग्रेसका तर्फबाट समानुपातिक कोटामा सांसद भएकी छन्त्याल अहिले गगांलाल हृयर रोग केन्द्रमा गम्भीर अवस्थामा उपचाररत छिन् । ‘प्रतिनिधि सभा वैठकको दुई दिन अघि बिहिवार बिहान मुटमा समस्या भए पछि गगांलाल अस्पतालमा भर्ना गरेका छौ,आमाको अवस्था गम्भीर छ,’ सांसद छन्त्यालकी छोरा तथा सागर छन्त्यालले आदर्श अनलाइनसँग भने, ‘मुटुको ३ वटा भल्ब ब्लक भएकाले अप्रेशन गर्नुपर्ने चिकित्सले भनेका छन्, हामी के गर्ने छलफलमै छौ ।’ प्रतिनिधिसभाको महत्वपूर्ण बैठकको जानकारी भएको तर स्वास्थ्य अवस्था गम्भीर भएकाले बाहिर के भइरहेको छ बुझ्न नपाएको सागरले बताए । सांसद छन्त्याल लामो समयदेखि मुटुको समस्याबाट ग्रसित थिए । अहिले दिसा पिसाव गराउन समेत कठिनाई भइरहेको उनको भनाई छ ।

यो पनि पढ्नुहोस्

3 thoughts on “अध्यावधिक नक्सा पारित गर्ने बैठकमा अनुपस्थित बागलुङका सांसद अस्पतालमा

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *