बिरोधको नयाँ शैली र सन्देश

सम्पादकीय

अनेकथरी आन्दोलन । कुनै आन्दोलनले हाम्रो देशमा व्यवस्था बदलेको छ, प्रणाली सुधारिएको छ । कति आन्दोलनले जर्बजस्ती विकृत पात्र र प्रवृत्तिलाई पश्रय दिएको छ, स्थापित गरेको छ । नेपाली र नेपाली राजनीतिक पार्टीको अभूतपूर्व एकताका बीचबाट भएको जनआन्दोलका कारण आज हामी गणतान्त्रिक व्यवस्थामा बाँचिरहेका छौ । भलै यसको असली अनूभुति गर्ने गराउने सरकारको कार्यशैली, सोँच र सपनाका सन्दर्भमा असिमित असहमति, गुनासा र वहसहरु हुन सक्छन् । तर, नेपाली समाजमा अझै पनि बिरोधका लागि बिरोध जनाउने परम्परागत शैलीको आन्दोलन जारी छ । जहाँ आफ्नो सिमित स्वार्थ समूह, दल, क्षेत्र, जातिको माग पुरा गर्न या भएन भने पनि हामी आन्दोलनको हिसं्रक बाटो र विकल्प अपनाउछौ । तथ्य बिना पनि तथानाम गाली, बिरोध, भौतिक संरचना तोडफोड, हुलदंगा गरेर चर्चित हुने लालसा पनि आन्दोलनकारीमा देखिन्छ । यो व्यवस्था फेरिए पनि हामी नेपालीको अवस्था नफेरिनुको एउटा कारण यो पनि हो । तर, पछिल्लो समय यस्तो युवा पुस्ता सडकमा देखिएको छ, जसले यो पुरानो धार र धर्रा बदल्ने गरी पहल थालेको छ । यो सुखद संकेत हो ।

पछिल्लो समय स्वतःस्फुर्त युवाहरुको आन्दोलनले देशव्यापी चर्चा बटुलेको छ । यो दुई किसिमले चर्चामा छ । पहिलो राजनीतिमा कम चासो राख्ने नयाँ अनुहार र सोँच सहितका युवा सडकमा देखिए । उनीहरु नयाँ अनुहार लिएर मात्र होइन, आन्दोलनको नयाँ सोँच र शैली सहित बिरोध प्रर्दशनमा उत्रिए । अहिलेको आन्दोलन कोरोना संकट र सकसका बीच भएकाले भौतिक दुरी जरुर थियो । त्यसलाई पनि आत्मसाथ गरे । अझ अर्को महत्वपूर्ण कुरा त उनीहरुको आन्दोलनमा पहिले जस्तो न चर्को नारा जुलुस थियो, न त ढुंगामुढा । केबल रचनात्मक बिद्यमान व्यथिति बिरुद्ध व्यंग्य मिश्रित प्ले कार्डहरु । जसले आवाज नबोले पनि सरकारलाई कडा रुपमा खबरदारी गर्ने खालको । दोस्रो कुरा, आन्दोलनका आयोजक को हुन् ? र कसरी यतिको बृहत्तर आन्दोलनको रुप लियो ? यो धेरै चासो र खोजको बिषय बन्यो । तर, खोज्दै जाँदा सामाजिक सञ्जालको प्रयोग र त्यसमा युवाहरुले सोँचेको सिर्जनात्मक शालिन शैली अरु देशहरुका लागि समेत आन्दोलनको पृथक शैली र सन्देश गएको छ । यति सम्म कि आन्दोलन नियन्त्रण र व्यवस्थापन गर्न गएका प्रहरीहरु समेत आन्दोलनकारीसँगै राष्ट्रिय गान गाएर आन्दोलन बिसर्जन भएको दुर्लभ दृश्य समेत युवाहरुको आन्दोलनमा देखिएका छन् । परम्परागत बिद्रोह, हिसां र तोडफोडको शैली बदल्ने र सोच र इच्छा शक्ति नभएकाहरुका लागि ठुलो सन्देश र प्रेरणाको रुपमा आएको छ ।

युवाहरुको आन्दोलन पनि बिभिन्न आरोप र लाञ्छनाबाट मुक्त भने छैन । यसको पछाडी यो पनि यथार्थ हो कि हामीकहाँ केहि सकरात्मक प्रयास पहल र कर्म शुरु भए पनि स्वार्थ बाझिए कुनै केहि भनेर आरोप, लाञ्छित र बदनामित गर्ने पुरानो रोग हो । कतिपय सन्दर्भमा बिवेकलाई बन्धक बनाएर अनेक स्वार्थका लागि यस्ता दुश्कर्म भएको पनि सत्य हो । तर, अहिले राजधानी काठमाण्डौ र बिभिन्न जिल्लामा असल नियतले जुन खालको सरकारलाई दबाब दिन रचनात्मक आन्दोलनको शैली र तौर तरिका अपनाइएको छ । यो हिसां, बन्द, हड्तालले आजित देशमा सुखद प्रयास र संकेत हो । यस्तै शालिन र सिर्जनात्मक शैलीको आन्दोलन आजका कम्युष्निट, कांग्रेस या अरु राजनीतिक पार्टीहरुले भोलीका दिनमा गर्लान् ? यद्यपी नितान्त पवित्र सोच र मनशायले गरिएका आन्दोलनहरुमा पनि राजनीतिक दल र बिभिन्न स्वार्थ समूहले आफ्नो तर्फ सेन्टिमेन्ट बटुल्ने, जस लिने प्रयास गर्छ, हुन्छ । यसमा परिचालित हुने र प्रयोग हुने दुवै कुरामा सम्बन्धित व्यक्ति, समूह सचेत रहनुपर्छ । अहिलेको युवा शैलीलाई आत्मसाथ गरेर देश र यस भित्रका अनेक खराब पात्र र प्रवृत्तिका बिरुद्ध आवाज बुलन्दित गर्दै जानुपर्छ । सरकारले पनि यस्तो आन्दोलनलाई बिरोध मात्रको रुपमा नबुझि सचेत बनाउने हिसावले गरिएको आन्दोलनको रुपमा बुझ्ने र ग्रहण गर्न सके त्यसले देशलाई अझ सभ्य, सुशासन, गतिशिल दिशामा अघि बढ्न निश्चय टेवा मिल्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *