एकता सहकारीले शेयर सदस्यको कोरोना बीमा गरिदिने

रोहन जिसी, बागलुङ

विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (COVID 19) को महामारीको जोखिम न्युनिकरणका लागि एकता सहकारी संस्था बागलुङले संस्थाका शेयर सदस्य तथा सदस्यको परिवारका लागि कोरोना बीमा गर्न शुरु गरेको छ ।

शेयर सदस्य तथा सदस्यको परिवारका लागि सम्भावित संक्रमणबाट पर्न गएको जोखिमलाई न्यूनिकरण गर्ने उद्देश्यका साथ कोरोना बीमा शुरु गरिएको संस्थाका अध्यक्ष ध्रुवप्रसाद शर्माले बताउनुभयो ।

कोरोना बिमाका लागि प्रति व्यक्ति १ हजार रुपैया लाग्ने व्यवस्था छ । संस्थागत रुपमा बीमा गरेमा १ लाखको बिमाका लागि ६ सय र ५० हजारको बिमाका लागि ३ सय रुपैया लाग्ने बीमा कम्पनीले जनाएका छन् । एकता सहकारी संस्थाले शेयर सदस्यहरुको बीमा गर्दा लाग्ने रकमको ५० प्रतिशत संस्थाले व्यहोर्ने व्यवस्था गरेको संस्थाका प्रबन्धक दिपक राजभण्डारीले जानकारी दिनुभयो ।

३ महिना देखि ९९ वर्ष सम्मका शेयर सदस्यहरुले बीमा गर्न सकिने उहाँले बताउनु भएको छ । बिमा गरेको सदस्यलाई कोरोना पुष्टी भएमा विमित रकम कम्पनीले उपलब्ध गराउने भएकाले कोरोनाबाट प्रभावित सदस्य र उनीहरुका परिवारलाई सहयोग पुग्ने संस्थाले जनाएको छ । १ सय ५० जना भन्दा बढि शेयर सदस्यको बिमा गरिसकिएको छ ।

यसैबीच संस्थाले कर्जा लिई कारोबार गर्ने शेयर सदस्यहरुलाई कर्जामा छुट र निक्षेप बचतमा ब्याजदर प्रदान गर्ने शुरु गरेको छ । चैत महिनादेखि जरिवानामा १ सय प्रतिशत छुट प्रदान गरिने र २०७७ असार मसान्तसम्म ब्याज भुक्तानी गर्ने शेयर सदस्यहरुलाई वैशाख र जेठ महिनाको ब्याजमा १० प्रतिशत तथा २०७७ असार महिनाको ब्याजमा सांवाको २ प्रतिशत ब्याज छुट गरिने संस्थाका प्रबन्धक राजभण्डारीले जानकारी दिनुभयो ।

संंस्थाले निक्षेप बचत तर्फ साधारण बचतमा ५ प्रतिशत, दैनिकरसाप्ताहिकरमासिक बचतमा ८ प्रतिशत, एकता बचतमा ६ प्रतिशत, एकता विशेष बचतमा ७ प्रतिशत, बाल शेयर बचतमा १० प्रतिशत प्रदान गरिने उहाँले बताउनु भयो । त्यसैगरि १ वर्षे भन्दा माथि अवधिमा जेष्ठ नागरिक, एकल महिलाहरुलाई १ प्रतिशत ब्याजदर थप वा मासिक भुक्तानी लिन चाहने सदस्यहरुलाई वार्षिक १ महिना बराबरको थप ब्याज प्रदान गरिने उहाँको भनाई छ ।

हाल ८ सय ३७ जना शेयर सदस्य, ७ करोड ३५ लाख शेयर पूँजी, २४ करोड बचत, २५ करोड कर्जा लगानी रहेको संस्थाले १० जनालाई रोजगारी दिएको छ । संस्थामा कार्यरत कर्मचारीहरुको १ लाखको कोरोना बिमा यस भन्दा अगाडि गरिसकेको प्रबन्धक राजभण्डारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *