प्रदेश सरकारद्धारा भगत सर्वजितको नाममा सीप विकास कार्यक्रम

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेश सरकारले भगत सर्वजित सीप विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रदेशका अर्थमन्त्री किरण गुरुङले सोमवार प्रदेश संसदमा बजेट प्रस्तुत गर्दै भगत सर्वजित सीप विकास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रदेशका दलित समुदायको परम्परागत पेशामा आधुनिकिकरण र व्यवसायिकरण गर्नका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको गुरुङको भनाई छ ।

भगत सर्वजित विश्वकर्मा बागलुङ नगरपालिकाको साविक वडा नम्बर ७ गैरागाउँमा जन्मिएका हुन् । उनले नेपालमै पहिलो पटक वि.सं. १९९७ सालमा “विश्व सर्वजन संघ” मार्फत संगठित गरेर समानताको आवाज उठाएका थिए । सानैदेखि विद्रोही स्वाभावका भगत सर्वजित रगरगेको नामबाट पनि चिनिन्थे । उनले भारतको बनारसबाट संस्कृतमा आचार्य गर्नुकासाथै हिन्दू धर्मग्रन्थका वेद, उपनिषद, पुराण, स्मृतिलगायतका ग्रन्थहरुको गहिरो अध्ययन गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *