कोरोना नियन्त्रणमा गण्डकी प्रदेश सरकारद्धारा ६० करोड बजेट

आदर्श अनलाइन,बागलुङ

गण्डकी प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण तथा उपचारका लागि ६० करोड ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गण्डकी प्रदेश सभाका आर्थिक बर्ष २०७७र०७८ का लागि बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

विश्वव्यापी रुपमा देखिएको कोरोना महामारी र यसले निम्त्याएको संकट सामनाका लागि आवश्यकता अनुसार बजेट खर्च गरिने उनले बताए ।

सबै जिल्ला अस्पतालहरुमा आइसोलेशन वार्ड थप्ने, सबै जिल्ला अस्पतालमा आइसियु कक्ष सञ्चालन गर्ने तथा अस्पतालहरुको भौतिक पूवार्धार विकास गर्नका लागि यो रकम खर्च हुने अर्थमन्त्री गुरुङको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *