गण्डकी प्रदेश उज्यालो प्रदेश


–आदर्श अनलाईन, पोखरा
गण्डकी प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८को बजेटमा गण्डकी प्रदेश उज्यालो प्रदेश अभियान घोषणा गरेको छ ।

गण्डकी प्रदेशका राष्ट्रिय विद्युत प्रशारण लाईनमा नजोडिएका जिल्लामा विद्युतको पहुँच पु¥याउनका लागि गण्डकी प्रदेश उज्यालो प्रदेश अभियना सञ्चालन गरिने छ । जस्का लागि आगमी आर्थिक वर्षका लागि रु. १८ करोड बजेट विनियोजन भएको छ । यस्तै राष्ट्रिय प्रशारण लार्यन पु¥याउन नसकिने गाउँमा सोलार अनुदान दिईने गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले घोषणा गर्नुभयो । गुरुङले सबै सरकारी कार्यालयमा सोलार जडान गरी सेवा प्रवाहमा सहजता ल्याइने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *